प्रोषेश पाण्डेले उचाले भ्वाइस अफ नेपाल सिजन ६ को उपाधि

काठमाडौं । साङ्गीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’को छैटौँ सिजनको उपाधि प्रोषेश पाण्डेले उचालेका छन् । शुक्रबार राति आयोजित ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भएका हुन् । विजेता भएसँगै पाण्डेले भ्वाइसबाट २० लाख नगद प्राप्त गरे भने अन्य दुई प्रायोजकबाट १/१ लाख रुपैयाँ प्राप्त गरे । त्यस्तै, कोच मेलिना […]

May 2, 2025 - 18:43
 0
प्रोषेश पाण्डेले उचाले भ्वाइस अफ नेपाल सिजन ६ को उपाधि

काठमाडौं । साङ्गीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’को छैटौँ सिजनको उपाधि प्रोषेश पाण्डेले उचालेका छन् ।

शुक्रबार राति आयोजित ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भएका हुन् ।

विजेता भएसँगै पाण्डेले भ्वाइसबाट २० लाख नगद प्राप्त गरे भने अन्य दुई प्रायोजकबाट १/१ लाख रुपैयाँ प्राप्त गरे ।

त्यस्तै, कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित भए । कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए । कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register