भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु

नयाँदिल्ली, २० वैशाख। भारतको तटीय राज्य गोवामा रहेको एक हिन्दू मन्दिरमा आगो बाल्नका लागि भेला भएका हजारौं मानिसलाई कुल्चिएर छ जनाको मृत्यु भएको अधिकारीहरुले शनिबार बताएका छन् । घटनामा कम्तीमा ८० जना घाइते भएका छन् । शुक्रबार साँझ जात्रामा भाग लिन ठुलो सङ्ख्यामा भक्तजनहरू मन्दिरतिर गइरहेका थिए । सोही समयमा पसल अगाडि बिजुलीको तारले करेन्ट [...] The post भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु appeared first on Jhapa Online.

May 3, 2025 - 08:30
 0
भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु

नयाँदिल्ली, २० वैशाख। भारतको तटीय राज्य गोवामा रहेको एक हिन्दू मन्दिरमा आगो बाल्नका लागि भेला भएका हजारौं मानिसलाई कुल्चिएर छ जनाको मृत्यु भएको अधिकारीहरुले शनिबार बताएका छन् । घटनामा कम्तीमा ८० जना घाइते भएका छन् ।

शुक्रबार साँझ जात्रामा भाग लिन ठुलो सङ्ख्यामा भक्तजनहरू मन्दिरतिर गइरहेका थिए । सोही समयमा पसल अगाडि बिजुलीको तारले करेन्ट लागेर केही मानिसहरू लडे । त्यसपछि त्यहाँ भागदौड मच्चिएको थियो ।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले एक विज्ञप्ति जारी गर्दै शिरगाओ गाउँको लैराई देवी मन्दिरमा शनिबार बिहान भएको भागदौडले आफूलाई निकै दुःखी बनाएको बताउनुभएको छ ।

“घाइतेमध्ये छ जनाको अस्पताल पुर्‍याउनुअघि नै मृत्यु भएको थियो,” सावन्तले पत्रकारसँग भन्नुभयो । उहाँले अस्पतालको अनुगमन गर्दै मृतक वा घाइतेका परिवारलाई सक्दो सहयोग गर्ने बताउनुभएको छ ।

गोवाराज्यका स्वास्थ्यमन्त्री विश्वजित रानेका अनुसार घटनामा कम्तीमा ८० जना घाइते भएका छन् ।

उहाँले भन्नुभयो, “पाँच जनाको अवस्था गम्भीर र भेन्टिलेटरमा राखिएको छ भने बाँकीको विशेष आपतकालीन कक्षमा उपचार भइरहेको छ ।” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयले आफ्ना प्रियजन गुमाएकाप्रति समवेदना प्रकट गरेको छ ।

लैराई जात्रा गोवामा एक प्रमुख हिन्दू उत्सव हो र यो आगोमा पैदल हिँड्ने समारोहका रूपमा चिनिन्छ । भारतीय धार्मिक चाडहरूमा भागदौड मच्चिँदा घातक दुर्घटनाहरू हुने गरेका छन् ।

यस वर्षको सुरुमा उत्तरी शहर प्रयागराजमा कुम्भ मेलामा भएको भागदौडमा कम्तीमा ३० जनाको मृत्यु भएको थियो । रासस

The post भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register