बुहारीको योजनामा ससुराको हत्या

ध्यान कुलुङसङ्खुवाभा, २० वैशाख । जिल्लाको खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा बुहारीको योजनामा ७२ वर्षीय ससुराको हत्या गरिएको छ । गत शनिबार तुम्लिङटारमा मनबहादुर कुमालको ४५ वर्षीय बुहारीले दुई जना नाबालक परिचालन गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्याका योजनाकारले १७ वर्षीया दुई नाबालक र आफ्नै १३ वर्षीया छोरीको प्रयोग गरेर ससुराको हत्या [...] The post बुहारीको योजनामा ससुराको हत्या appeared first on Jhapa Online.

May 3, 2025 - 08:37
 0
बुहारीको योजनामा ससुराको हत्या

ध्यान कुलुङ
सङ्खुवाभा, २० वैशाख ।
जिल्लाको खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा बुहारीको योजनामा ७२ वर्षीय ससुराको हत्या गरिएको छ । गत शनिबार तुम्लिङटारमा मनबहादुर कुमालको ४५ वर्षीय बुहारीले दुई जना नाबालक परिचालन गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हत्याका योजनाकारले १७ वर्षीया दुई नाबालक र आफ्नै १३ वर्षीया छोरीको प्रयोग गरेर ससुराको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

प्रहरीले हत्यामा संलग्न एक नाबालिका, दुई नाबालक र योजनाकार मृतककी बुहारीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । घटनामा संलग्नहरु नाबालक तथा नाबालिका रहेकाले मृतकको योजनाकार बुहारीको पहिचान गोप्य राख्नुपरेको प्रनाउ बस्नेतले जानकारी दिनुभयो ।

मृतककी श्रीमतीको नाममा रहेको जग्गा बेच्न खोजेपछि उक्त जग्गाको लोभमा बुहारीले ससुराको हत्या गर्ने योजना बनाएको खुल्न आएको प्रनाउ बस्नेतले जानकारी दिनुभयो । जग्गा बेचिहाले आफुने नपाउने भएकाले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको उहाँको भनाइ छ ।

पूर्व योजना अनुसार गत शनिबार राति दुई नाबालक बोलाई वृद्ध ससुराको हत्या गर्न लगाएको हो । मृतक र बुहारीको घर करिब सय मिटरको दूरीमा पर्छ । हत्या गर्नु अघि बुहारीले दुई जना नाबालकलाई घरमै बोलाइ र राति सुतिरहेको अवस्थामा हत्या गर्न लगाएको अनुसन्धामा देखिएको प्रहरीले जनाएको छ ।

मध्यराति नकाब लगाएर आएकाहरुले आफ्नो श्रीमानको घाँटी थिचेर हत्या गरी भागेको मृतकको श्रीमती सुनामाया कुमालले बताउनुभएको थियो । मृतककी श्रीमतीको ठुलो आवाज नआउने समस्या छ । घटनापछि छिमेकीलाई खबर गरी अस्पताल लगिए पनि अस्पतालले मृतक घोषणा गरेको थियो ।

नाबालकहरुलाई २० हजार रुपियाँ दिने सर्तमा हत्या गर्न लगाएको अनुसन्धानमा देखिएको प्रनाउ बस्नेतले जानकारी दिनुभयो । ०७१ मा मृतक र आफ्नै छोरा (हत्याका योजनाकारको श्रीमान) बिच विवादको क्रममा मृतकले छोरालाई खुकुरी प्रहार गरेको थियो । त्यस बेलादेखि नै उनीहरु बिच विवाद हुँदै आएको अनुसन्धानको क्रममा खुलेको प्रनाउ बस्नेतले जानकारी दिनुभयो । मृतकका छोरा अहिले वैदेशिक रोजगारीमा छन् ।

The post बुहारीको योजनामा ससुराको हत्या appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register