तराई मधेसबाट सरकारलाई एलर्जी भएको उपेन्द्रको आरोप

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई तराई मधेसबाट एलर्जी भएको आरोप लगाएका छन् । नीति तथा कार्यक्रमबारे प्रतिनिधि सभाको छलफलमा उनले चुरे संरक्षणको नामबाट तराई मधेस हटाइएको भन्दै विरोध जनाए । ‘सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण परियोजनाको नाम संशोधन गरेर त्यसबाट तराई मधेस हटाएको हेर्दा सरकारलाई तराई मधेसबाट एलर्जी भएको […]

May 6, 2025 - 09:44
 0
तराई मधेसबाट सरकारलाई एलर्जी भएको उपेन्द्रको आरोप

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई तराई मधेसबाट एलर्जी भएको आरोप लगाएका छन् ।

नीति तथा कार्यक्रमबारे प्रतिनिधि सभाको छलफलमा उनले चुरे संरक्षणको नामबाट तराई मधेस हटाइएको भन्दै विरोध जनाए ।

‘सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण परियोजनाको नाम संशोधन गरेर त्यसबाट तराई मधेस हटाएको हेर्दा सरकारलाई तराई मधेसबाट एलर्जी भएको देखियो,’ उनले भने ।

नीति तथा कार्यक्रममा सरकारले राष्ट्रपति चेर तराई मधेस संरक्षणको नाम संशोधन गरेर राष्ट्रिय चुरे संरक्षण आयोजना राखेको छ ।

यादवले सङ्घीयतालाई बलियो बनाउनेगरी नीति तथा कार्यक्रम नआएको टिप्पणी गरेका छन् । ‘सरकारको नीति तथा कार्यक्रमले सङ्घीयतालाई बलियो बनाउनेभन्दा पनि यसलाई कमजोर बनाउँदै वितृष्णा फैलाउनेतर्फ केन्द्रित भयो । प्रदेश, स्थानीय तहले गर्ने काम पनि सङ्घीय सरकारको जिम्मेवारीमा राखेर सङ्घीयतालाई कमजोर बनाउन खोजियो,’ उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register