सरकारको नीति तथा कार्यक्रम पुरानै कपीपेष्ट : देवेन्द्र पौडेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पुरानै कपीपेष्ट भएको भएको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रमले देशको समग्र विकासलाई समेट्न नसकेको बताएका हुन् । उनले भने, ‘पहिलाका केही कार्यक्रमहरुमा रि-प्याकेजिङ गरेर २०८२/८३ को नीति कार्यक्रममा स्टिकर टाँसिएको […]

May 6, 2025 - 10:20
 0
सरकारको नीति तथा कार्यक्रम पुरानै कपीपेष्ट : देवेन्द्र पौडेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पुरानै कपीपेष्ट भएको भएको बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रमले देशको समग्र विकासलाई समेट्न नसकेको बताएका हुन् ।

उनले भने, ‘पहिलाका केही कार्यक्रमहरुमा रि-प्याकेजिङ गरेर २०८२/८३ को नीति कार्यक्रममा स्टिकर टाँसिएको छ । सार्वजनिक नीति प्रवाह, सामाजिक न्याय, हप्तामा २० घण्टा विद्यार्थीलाई काममा लगाउने कुरा, नागरिक एप्स, अनलाइन कर प्रणाली, डिजिटल फाउन्डेसन, साइबर सुरक्षा, डिजिटल नेपाल र बैङ्क प्रणालीजस्ता विषय गत वर्षको नीति तथा कार्यक्रममा समावेश थिए, अहिले त्यसलाई कपी गरेर नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नीति तथा कार्यक्रमले देशको समग्र विकासलाई समेट्न सकेको छैन ।’

साथै, उनले नीति तथा कार्यक्रमले राष्ट्र निर्माणका निम्ति दृढ सङ्कल्पलाई समेट्नुपर्ने उल्लेख गरे । उनले चालु आर्थिक वर्षकै राष्ट्रिय गौरवका आयोजना बजेट अभावका कारण ठेक्कामा समस्या परेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register