भारतका राफेलसहित पाँच जेट खसालेको पाकिस्तानको दाबी

काठमाडौं । भारतले अप्रेसन सिन्दुरअन्तर्गत गए राति पाकिस्तानमा एयर स्ट्राइक गरेको छ । भारतले पाकिस्तान नियन्त्रित कश्मीर र पाकिस्तानी मेन भूमिमा राति एयर स्ट्राइक गरेको हो । भारतको यो आक्रमणपछि दुवै देशतर्फबाट छुट्टाछुट्टै दाबी आएका छन् । भारतले पाकिस्तानका ९ स्थानमा आक्रमण गरी आतंकवादी केन्द्र ध्वस्त पारेको दाबी गरेको छ । उता पाकिस्तानले भारतका पाँचवटा […]

May 7, 2025 - 03:15
 0
भारतका राफेलसहित पाँच जेट खसालेको पाकिस्तानको दाबी

काठमाडौं । भारतले अप्रेसन सिन्दुरअन्तर्गत गए राति पाकिस्तानमा एयर स्ट्राइक गरेको छ । भारतले पाकिस्तान नियन्त्रित कश्मीर र पाकिस्तानी मेन भूमिमा राति एयर स्ट्राइक गरेको हो । भारतको यो आक्रमणपछि दुवै देशतर्फबाट छुट्टाछुट्टै दाबी आएका छन् ।

भारतले पाकिस्तानका ९ स्थानमा आक्रमण गरी आतंकवादी केन्द्र ध्वस्त पारेको दाबी गरेको छ । उता पाकिस्तानले भारतका पाँचवटा लडाकु विमान खसालेको दाबी गरेको छ । पाकिस्तानी सञ्चार माध्यम डनका अनुसार पाकिस्तानी सेनाले फ्रेन्च लडाकु विमान राफेल तीनवटा, एक सुखोइ र एक मिग लडाकु विमान खसालेको छ । तर यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

पाकिस्तानले भारतीय आक्रमणको उचित जवाफ दिने बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register