भट्टको राजिनामा स्वीकृत नगरेको भन्दै राष्ट्र बैंक कर्मचारी संघ आक्रोशित, भन्यो- ‘कामु गभर्नरको क्षमतामै शंका छ’

काठमाडौँ । डा. गुणाकर भट्टको राजिनामा स्वीकृत नगरेको भन्दै नेपाल राष्ट्र बैंकका कर्मचारी आक्रोशित बनेका छन् । राष्ट्र बैंकको गभर्नरका प्रत्याशी समेत रहेका भट्टले राजिनामा दिएको एक महिना पुग्न लाग्दा पनि राजिनामा स्वीकृत नभएको भन्दै कर्मचारी संघले आक्रोश व्यक्त गरेको हो । संघले भट्टको राजिनामा समेत स्वीकृत गर्न नसकेको भन्दै राष्ट्र बैंकको कामु गभर्नर डा. […]

May 7, 2025 - 03:54
 0
भट्टको राजिनामा स्वीकृत नगरेको भन्दै राष्ट्र बैंक कर्मचारी संघ आक्रोशित, भन्यो- ‘कामु गभर्नरको क्षमतामै शंका छ’

काठमाडौँ । डा. गुणाकर भट्टको राजिनामा स्वीकृत नगरेको भन्दै नेपाल राष्ट्र बैंकका कर्मचारी आक्रोशित बनेका छन् । राष्ट्र बैंकको गभर्नरका प्रत्याशी समेत रहेका भट्टले राजिनामा दिएको एक महिना पुग्न लाग्दा पनि राजिनामा स्वीकृत नभएको भन्दै कर्मचारी संघले आक्रोश व्यक्त गरेको हो ।

संघले भट्टको राजिनामा समेत स्वीकृत गर्न नसकेको भन्दै राष्ट्र बैंकको कामु गभर्नर डा. निलम ढुंगानाको क्षमतामाथि प्रश्न उठाएको छ ।

त्यस्तै, संघले विज्ञप्ति नै निकालेर काम गभर्नर ढुंगानासँग डा. गुणाकर भट्टको राजिनामा स्वीकृत गर्न पनि माग गरेको छ । संघले एक महिना अघि नै गभर्नरविहीन भएको अवस्थामा गभर्नरकै प्रत्याशीको राजिनामा स्वीकृत नगरेर नियुक्ति प्रक्रिया झन् लम्ब्याउनु गलत भएको पनि उल्लेख गरेको छ ।

यता संघले राष्ट्र बैंकको नेतृत्व सम्हालिरहेकी ढुंगानाले एक जना कर्मचारीको राजिनामा समेत स्वीकृत गर्न नसक्नुले उनको क्षमता माथि नै प्रश्न उठाएको उल्लेख गरेको छ । यति सम्मकी ढुंगानाले नेपालको श्रम ऐन धारा २९, श्रम ऐन २०७४, सुशासन नियमावली २०६५ र नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली २०६८ को ठाडो उल्लंघन गरेको कर्मचारी संघले बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register