भारत-पाकिस्तान युद्ध प्रभावलाई नजरअन्दाज नगर्न सांसदहरूको माग

काठमाडौं। प्रतिनिधिसभामा भारत-पाकिस्तान युद्धको प्रभावबारे गम्भीर बन्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । खुला सीमाका कारण नेपालमा समेत चुनौती देखापर्नसक्ने भन्दै सांसदहरूले सचेत रहन सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रतिनिधिसभाको बैठकमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका एनपी साउदले पहलगाममा नेपाली नागरिक आतंकवादको शिकार भएको र छिमेकमा युद्धको आगो सल्किरहेको समयमा सरकारले कुटनीतिक जिम्मेवार बोध गर्नुपर्ने उल्लेख […]

May 7, 2025 - 08:45
 0
भारत-पाकिस्तान युद्ध प्रभावलाई नजरअन्दाज नगर्न  सांसदहरूको माग

काठमाडौं। प्रतिनिधिसभामा भारत-पाकिस्तान युद्धको प्रभावबारे गम्भीर बन्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । खुला सीमाका कारण नेपालमा समेत चुनौती देखापर्नसक्ने भन्दै सांसदहरूले सचेत रहन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रतिनिधिसभाको बैठकमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका एनपी साउदले पहलगाममा नेपाली नागरिक आतंकवादको शिकार भएको र छिमेकमा युद्धको आगो सल्किरहेको समयमा सरकारले कुटनीतिक जिम्मेवार बोध गर्नुपर्ने उल्लेख गरे । उनले पाकिस्तानी उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलको नेपाल भ्रमण उपयुक्त नरहेको बताए । ‘भ्रमण पूर्वनिर्धारित नै भए पनि वर्तमान स्थितिबारे संवेदनशील भएर कुटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतिक्षा गर्नुपर्ने आवश्यकता थियो’, उनले भने ।

कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भारत–पाकिस्तान युद्धले पार्ने प्रभावबारे नेपाल सरकार समयमै गम्भीर बन्न सुझाए। ‘भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारणले गर्दा भारत पाकिस्तानका बीचमा जुन युद्ध सुरु भएको छ यसले हामीलाई पार्ने अल्पकालिन र दीर्घकालिन दुवै किसिमका प्रभावहरूको विषयमा नेपाल सरकार समयमै गम्भीर बनोस्’ सांसद गौतमले भने ।

नेपाल सरकारले समयकै भारत-पाकिस्तान युद्धले नेपाललाई पार्ने प्रभावबारे छलफल अघि बढाउनुपर्ने उनको भनाइ छ । यस्तै, सांसद सर्वेन्द्रनाथ शुक्लले पहलगाम घटनाको भर्त्सना गर्दै आतंकवादविरूद्ध प्रस्ट धारणा सार्वजनिक गर्न  र संवेदनशील बन्न माग गरेका छन् । खुला सीमाका कारण नेपाललाई चुनौती हुनसक्ने भन्दै यसप्रति सचेत रहन उनले आग्रह गरेका छन् ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारले सीमानामा मिहीन निगरानी बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । यस्तै कुटनीतिलाई चुस्त बनाउन उनले ध्यानाकर्षण गराए ।’सरकारलाई अलिकति पनि अन्तर्राष्ट्रिय सम्बन्धको ज्ञान छैन । मनोविज्ञान पढेको मान्छे परराष्ट्रमन्त्री हो । त्यसकारण परराष्ट्रमन्त्रीलाई कुटनीति के हो भन्ने थाहा छैन ।’

 

२२ अप्रिलमा पहलगाममा भएको आतंकवादी आक्रमणमा भारतले जवाफी प्रतिकार सुरू गरेको छ । पाकिस्तानविरूद्ध उसले अपरेशन सिन्दुर मार्फत क्षेप्यास्त्र प्रहार गर्दा १० जनाले ज्यान गुमाएका छन्  भने ३५ जना भन्दा बढी घाइते भएका छन् । । पाकिस्तानले पनि भारतलाई जवाफ दिने बताइसकेको छ ।

 

 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register