राजेन्द्र लिङ्देन भन्छन् – राजसंस्था पुर्नस्थापित गरौँ, कार्यकारी अधिकार प्रधानमन्त्रीलाई दिऔँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजसंस्थाको पुर्नस्थापित गरेर कार्यकारी अधिकार निर्वाचित प्रधानमन्त्रीलाई दिनुपर्ने बताएका छन् । उनले वर्तमान सङ्घीयता असफल रहेको भन्दै प्रदेश व्यवस्था खारेज गर्नुपर्ने, संसद्‌लाई पुनः समानुपातिक बनाउने, तथा निर्वाचित प्रधानमन्त्रीलाई दुई कार्यकालसम्म सीमित गर्नुपर्ने बताए । साथै, ठूला पार्टी मिलेर बनेको सरकारले आशा जगाउने कुनै काम नगरेको […]

Mar 1, 2025 - 12:01
 0
राजेन्द्र लिङ्देन भन्छन् – राजसंस्था पुर्नस्थापित गरौँ, कार्यकारी अधिकार प्रधानमन्त्रीलाई दिऔँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजसंस्थाको पुर्नस्थापित गरेर कार्यकारी अधिकार निर्वाचित प्रधानमन्त्रीलाई दिनुपर्ने बताएका छन् ।

उनले वर्तमान सङ्घीयता असफल रहेको भन्दै प्रदेश व्यवस्था खारेज गर्नुपर्ने, संसद्‌लाई पुनः समानुपातिक बनाउने, तथा निर्वाचित प्रधानमन्त्रीलाई दुई कार्यकालसम्म सीमित गर्नुपर्ने बताए ।

साथै, ठूला पार्टी मिलेर बनेको सरकारले आशा जगाउने कुनै काम नगरेको आरोप लगाए ।

राप्रपा लुम्बिनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेका बृहत् आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मुलुकलाई स्थायित्व दिनका लागि भन्दै ठूला दल मिलेर बनेको सरकारको ७ महिनामा जनतामा आशा जगाउने कुनै काम गर्न नसकेको बताएका हुन् ।

उहाले यसअघिदेखि गर्दै आएको भ्रष्टाचारलाई संस्थागत र संरक्षण गर्ने तथा पहिले गरेको भ्रष्टाचारका कारण कारबाहीमा परिन्छ कि भन्दै आवश्यक कानुन बनाएर जोगिनका लागि वर्तमान गठबन्धन बनेको आरोप लगाए ।

अध्यादेशबाट देश चलाउन खोज्ने प्रयास असफल हुन थालेपछि सत्तारुढ दलहरु सांसद किनेर अध्यादेश पास गराउने खेलमा रहेको उनको आरोप छ । उनले अब अहिलेको व्यवस्था कुनै हालतमा काम नलाग्ने धारणासमेत राखे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register