पाकिस्तानी प्रधानमन्त्री भन्छन् – भारतलाई कडा र शक्तिशाली जवाफ दियौं

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतको मिसाइल र ड्रोन आक्रमणको विरुद्धमा आफ्ना सेनाले कडा र शक्तिशाली जवाफ दिएको बताएका छन् । प्रधानमन्त्री कार्यालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “भारतले नुर खान एअर बेस र अन्य स्थानमा मिसाइल हमला गरी निर्दोष नागरिकहरूलाई जोखिममा पारेको छ । तर, पाकिस्तानले संयमता देखायो र सँगसँगै शक्तिशाली प्रतिकार पनि […]

May 10, 2025 - 12:22
 0
पाकिस्तानी प्रधानमन्त्री भन्छन् – भारतलाई कडा र शक्तिशाली जवाफ दियौं

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतको मिसाइल र ड्रोन आक्रमणको विरुद्धमा आफ्ना सेनाले कडा र शक्तिशाली जवाफ दिएको बताएका छन् ।

प्रधानमन्त्री कार्यालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “भारतले नुर खान एअर बेस र अन्य स्थानमा मिसाइल हमला गरी निर्दोष नागरिकहरूलाई जोखिममा पारेको छ । तर, पाकिस्तानले संयमता देखायो र सँगसँगै शक्तिशाली प्रतिकार पनि गर्‍यो ।”

थप भनिएको छ, “हाम्रो सशस्त्र सेनाले भारतको आक्रमणको कडा र शक्तिशाली जवाफ दिएको छ । सरकार मुलुकको अखण्डता जोगाउन पूर्ण रूपमा प्रतिबद्ध छ ।”

पाकिस्तानको राष्ट्रिय टेलिभिजन पीटीभी न्यूजका अनुसार प्रधानमन्त्री शरीफले मुलुकका प्रमुख राजनीतिक दलका नेताहरूसँग टेलिफोन संवाद गर्दै भारतसँग जारी तनावबारे जानकारी गराएका छन् ।

उनले पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) अध्यक्ष बिलावल भुट्टो, पाकिस्तान तेह्रीके इन्साफ (पीटीआई) अध्यक्ष गोहर अली खान, जमीअत उलेमा-ए-इस्लाम (जेयूआई-एफ) प्रमुख मौलाना फजलुर रहमान, एमक्यूएमका खालिद मकबूल सिद्धिकीलगायत नेताहरूसँग छलफल गरेका हुन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register