माओवादी केन्द्रले माग्यो लेखा समिति सभापतिको राजीनामा

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेको छ । समितिको सोमबारको बैठकमा माओवादी सांसद अमनलाल मोदीले राजीनामा मागेका हुन् । सरकारको नेतृत्व गरिरहेको सांसदकी पत्नी सहकारी ठगीमा संलग्न भएको र स्वयं सभापति पोखरेलमाथि नै प्रश्न उठेकाले राजीनामा दिनुपर्ने उनको भनाइ छ । मोदीले भनेका थिए, ‘सरकारका […]

Dec 23, 2024 - 09:29
 0
माओवादी केन्द्रले माग्यो लेखा समिति सभापतिको राजीनामा

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेको छ ।

समितिको सोमबारको बैठकमा माओवादी सांसद अमनलाल मोदीले राजीनामा मागेका हुन् ।

सरकारको नेतृत्व गरिरहेको सांसदकी पत्नी सहकारी ठगीमा संलग्न भएको र स्वयं सभापति पोखरेलमाथि नै प्रश्न उठेकाले राजीनामा दिनुपर्ने उनको भनाइ छ ।

मोदीले भनेका थिए, ‘सरकारका कामकारबाहीलाई चेक एन्ड ब्यालेन्स गर्नुपर्ने समितिकै सभापतिमाथि प्रश्न उठेपछि तपाईंले केही न केही त बोल्नुपर्ने हुन्छ, जवाफ दिनुपर्ने हुन्छ ।’

पोखरेलकी श्रीमती अञ्जला कोइरालाविरुद्ध मोरङको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा मुद्दा दर्ता भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register