हमासले आज बुझाउँदैछ यी तीन बन्धक, बदलामा इजरायलले १८३ कैदी रिहा गर्ने

काठमाडौं । इजरायलसँग भएको युद्धविराम सम्झौताअनुसार प्यालेस्टिनी अतिवादी समूह हमासले आज थप तीन बन्धक रिहा गर्दैछ । हमासले रिहा हुन लागेका तीन बन्धकको नाम सार्वजनिक गरेको छ । जसमा तीनजना पुरुष ओहद बेन अमी, एली शाराबी र ओर लेवी छन् । १९ जनवरीमा युद्धविराम सुरू भएयता हमासले १८ बन्धक रिहा गरिसकेको छ । इजरायलले पनि […]

Feb 8, 2025 - 02:00
 0
हमासले आज बुझाउँदैछ यी तीन बन्धक, बदलामा इजरायलले १८३ कैदी रिहा गर्ने

काठमाडौं । इजरायलसँग भएको युद्धविराम सम्झौताअनुसार प्यालेस्टिनी अतिवादी समूह हमासले आज थप तीन बन्धक रिहा गर्दैछ ।

हमासले रिहा हुन लागेका तीन बन्धकको नाम सार्वजनिक गरेको छ । जसमा तीनजना पुरुष ओहद बेन अमी, एली शाराबी र ओर लेवी छन् ।

१९ जनवरीमा युद्धविराम सुरू भएयता हमासले १८ बन्धक रिहा गरिसकेको छ । इजरायलले पनि त्यसको बदलामा ३८३ कैदी छाडेको छ ।

हमासकाअनुसार इजरायले पनि आज थप १८३ जना कैदी छाड्ने छ । सम्झौताको पहिलो चरणमा ३३ बन्धक र १९०० कैदी रिहा गर्नु पर्नेछ ।

नेपाली बन्धक विपिन जोशीको रिहाईबारे अझै अन्योल छ । उनी कहिले छुट्छन् भनेर कुनै पनि पक्षले जनाएका छैनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register