साउथ इष्ट रिजनल तमुधिं लन्डनको नयां नेतृत्वमा शिवराम गुरुङ (बीइएम)
लन्डन । साउथ इष्ट रिजनल तमुधिं लन्डनको शनिबार सम्पन्न २३ औं वार्षिक साधरणसभा तथा १० औं अधिवेशन कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले वरिष्ठ समाजसेवी शिवराम गुरुङ (बीइएम) को अध्यक्षतामा ११ औं कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षहरुमा मिना गुरुङ (महिला) र याम गुरुङ, सचिव कमल गुरुङ, सहसचिव सुशील गुरुङ, कोषाध्यक्षमा दिक्पाल गुरुङ, […]

लन्डन । साउथ इष्ट रिजनल तमुधिं लन्डनको शनिबार सम्पन्न २३ औं वार्षिक साधरणसभा तथा १० औं अधिवेशन कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
अधिवेशनले वरिष्ठ समाजसेवी शिवराम गुरुङ (बीइएम) को अध्यक्षतामा ११ औं कार्यसमिति चयन गरेको हो ।
संस्थाको उपाध्यक्षहरुमा मिना गुरुङ (महिला) र याम गुरुङ, सचिव कमल गुरुङ, सहसचिव सुशील गुरुङ, कोषाध्यक्षमा दिक्पाल गुरुङ, सहकोषाध्यक्ष दिता गुरुङ चयन भएका छन् ।
त्यसैगरि, सदस्यहरुमा पानबहादुर गुरुङ, नन्दराज गुरुङ, प्रेमबहादुर गुरुङ, याम गुरुङ (पुष्पा), सर्जु गुरुङ, खड्कबहादुर गुरुङ, मनिता घले, टिक शुभ गुरुङ, रुपमाया गुरुङ, रन्जु घोताने, चिज गुरुङ, भिमकुमारी गुरुङ, लक्ष्मी गुरुङ र सविता गुरुङ चयन भए ।
निर्वाचन प्रमुख आयुक्त योगेश गुरुङले नवनिर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराएका थिए ।
निर्वाचन समितिमा पूर्व अध्यक्ष हरि गोविन्द गुरुङ सचिव र सल्लाहकार जगदिश गुरुङ सदस्य थिए । प्रमुख आयुक्त योगेश गुरुङले आफूहरुलाई नयांकार्यसमिति चयनको महत्वपूर्ण जिम्मेवारी दिएकामा १० औं कार्यसमितिप्रति आभार व्यक्त गरे ।
यसअघि निवर्तमान अध्यक्ष प्रेम कुमार गुरुङको सभापतित्वमा भएको वार्षिक साधारणसभाले आर्थिक र वार्षिक प्रतिवेदन पारित गरेको थियो ।
What's Your Reaction?






