नगर प्रहरी प्रमुख पाण्डेलाई काम गर्ने बाटो खुल्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाअन्तर्गत महानगर प्रहरी बलका वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेलाई गरिएको निलम्बनमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्दै हाललाई यथास्थितिमा रहन आदेश दिएको छ । अदालतले उहाँ पदीय कार्य सम्पादनमै सीमित रहेको भन्दै निलम्बनको तत्काल आवश्यकता नदेखिएको ठहर गरेको छ । पाण्डेले काठमाडौं महानगरपालिका कार्यालयको परिसरमा प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमा प्रवेश […]

Jun 19, 2025 - 03:27
 0
नगर प्रहरी प्रमुख पाण्डेलाई काम गर्ने बाटो खुल्यो

काठमाडौं ।

काठमाडौं महानगरपालिकाअन्तर्गत महानगर प्रहरी बलका वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेलाई गरिएको निलम्बनमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्दै हाललाई यथास्थितिमा रहन आदेश दिएको छ । अदालतले उहाँ पदीय कार्य सम्पादनमै सीमित रहेको भन्दै निलम्बनको तत्काल आवश्यकता नदेखिएको ठहर गरेको छ ।

पाण्डेले काठमाडौं महानगरपालिका कार्यालयको परिसरमा प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमा प्रवेश गर्न नदिएको आरोप लागेको थियो । सोही आरोपका आधारमा उहाँमाथि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३९ को उपदफा ९९० बमोजिम अधिकतम ६ महिनासम्म निलम्बन गरिएको थियो ।

तर पाण्डेले उक्त आरोप अस्वीकार गर्दै अदालतमा निलम्बनविरुद्ध रिट दायर गर्नुभएको थियो । अदालतले वरिष्ठ नगर प्रहरी उपरीक्षकको हैसियतले पाण्डेको जिम्मेवारी कार्यालय परिसरको सुरक्षा व्यवस्था मिलाउने रहेको र सोही आधारमा कार्य गरेकाले तत्काल निलम्बन गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको छ ।

अदालतको आदेशमा भनिएको छ– ‘यी निवेदक महानगर प्रहरी बलको वरीयतामा रहेका अधिकारी हुनुहुन्छ । जसको प्रत्यक्ष नियन्त्रण तथा निर्देशन प्रमुख प्रशासकीय अधिकृतसँग रहन्छ । त्यसैले उहाँमाथि लागेका आरोपहरू प्रारम्भिक रूपमा हेर्दा आदेश उल्लंघन गरिएको स्पष्ट देखिन्न ।’

उच्च अदालत पाटनले नियम ४२ (१०) अनुसार पाण्डेलाई पदमा बहाली गर्दै तत्कालका लागि उहाँलाई काम गर्न दिने गरी अन्तरिम आदेश जारी गरेको छ । अदालतले प्रमुख प्रशासकीय अधिकृतसहित विपक्षी पक्षलाई उक्त आदेशको जानकारी दिई नियमानुसार जवाफ पेस गर्न पनि भनेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register