ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

भरतपुर । इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फि खुलेको छ । वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेस प्रदेश०३–००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान सो स्थानमा पल्टिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अहिले ट्रक अन्यत्र सारेर सडक एकतर्फि खुला गरिएको हो ।  दुर्घटनामा मानवीय […]

May 11, 2025 - 05:40
 0
ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

भरतपुर । इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फि खुलेको छ । वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेस प्रदेश०३–००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान सो स्थानमा पल्टिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अहिले ट्रक अन्यत्र सारेर सडक एकतर्फि खुला गरिएको हो ।  दुर्घटनामा मानवीय क्षति नभएको उनले बताए । दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register