अरब सागरको वायु भित्रिने क्रम जारी, आज यी स्थानमा हुनेछ वर्षा

झापा, २९ बैशाख । मुलुकको पहाडी र हिमाली क्षेत्रमा आज वर्षा तथा हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ। साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाले पनि मौसम बदलीमा बल पुर्‍याइरहेको छ। आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक [...] The post अरब सागरको वायु भित्रिने क्रम जारी, आज यी स्थानमा हुनेछ वर्षा appeared first on Jhapa Online.

May 12, 2025 - 03:20
 0
अरब सागरको वायु भित्रिने क्रम जारी, आज यी स्थानमा हुनेछ वर्षा

झापा, २९ बैशाख । मुलुकको पहाडी र हिमाली क्षेत्रमा आज वर्षा तथा हिमपातको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ। साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाले पनि मौसम बदलीमा बल पुर्‍याइरहेको छ।

आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एक(दुई स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना छ।

आज राति भने कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशलगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना छ।

The post अरब सागरको वायु भित्रिने क्रम जारी, आज यी स्थानमा हुनेछ वर्षा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register