बिर्तामोडमा हात्तीले दुई वटा घरमा पुर्यायो क्षति

झापा, १५ जेठ । झापाको बिर्तामोड नगरपालिकामा गएराति जंगली हात्तीले दुई वटा घरमा क्षति पु¥याएको छ । बिर्तामोड नगरपालिका–७ मा बिहानको राति १ः३० बजे आएको तीन वटा जंगली हात्तीले रेखा टोलका अमरबहादुर संग्रौलाको भान्सा घर र सोही वडाको सीताराम टोलका तुलसीप्रसाद मैनालीको घरको पर्खाल भत्काएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर [...] The post बिर्तामोडमा हात्तीले दुई वटा घरमा पुर्यायो क्षति appeared first on Jhapa Online.

May 29, 2025 - 11:21
 0
बिर्तामोडमा हात्तीले दुई वटा घरमा पुर्यायो क्षति

झापा, १५ जेठ । झापाको बिर्तामोड नगरपालिकामा गएराति जंगली हात्तीले दुई वटा घरमा क्षति पु¥याएको छ ।

बिर्तामोड नगरपालिका–७ मा बिहानको राति १ः३० बजे आएको तीन वटा जंगली हात्तीले रेखा टोलका अमरबहादुर संग्रौलाको भान्सा घर र सोही वडाको सीताराम टोलका तुलसीप्रसाद मैनालीको घरको पर्खाल भत्काएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार हात्तीले संग्रौलाको एक तले पक्की टिनको छानो भएको भान्सा घरमा पूर्ण रुपमा क्षति पु¥याउँदा रू दुई लाख बराबरको क्षति भएको छ भने मैनालीको धानको भकारीबाट तीन मन धान खानुका साथै घरको एक साइडको भर्खाल भत्काउँदा रू एक लाख २० बीस हजार बराबरको क्षति भएको छ ।

The post बिर्तामोडमा हात्तीले दुई वटा घरमा पुर्यायो क्षति appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register