‘दुर्गम क्षेत्रका विद्यालय गाभ्नुपर्छ’

काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास र भरोसा अभिवृद्धि गर्न शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रिय सभाको बैठकमा उहाँले स्थानीय तहको समन्वय र सहयोगमा आवासीय विद्यालय स्थापना गरी न्यूनतम खर्चमा स्तरीय शिक्षा प्रदान गर्न माग गर्नुभएको हो । उहाँले तथ्य र […]

May 13, 2025 - 02:55
 0
‘दुर्गम क्षेत्रका विद्यालय गाभ्नुपर्छ’

काठमाडौं ।

राष्ट्रिय सभा सदस्य एवं नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास र भरोसा अभिवृद्धि गर्न शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रिय सभाको बैठकमा उहाँले स्थानीय तहको समन्वय र सहयोगमा आवासीय विद्यालय स्थापना गरी न्यूनतम खर्चमा स्तरीय शिक्षा प्रदान गर्न माग गर्नुभएको हो । उहाँले तथ्य र तथ्याङ्क प्रस्तुत गर्दै सोही आधारमा देशको भौगोलिक स्थिति, शिक्षक—विद्यार्थीको अनुपातलाई दृष्टिगत गरेर हिमाली, उच्च पहाडी र दुर्गम क्षेत्रका सामुदायिक विद्यालय गाभ्नुपर्ने बताउनुभयो ।

सांसद पौडेलले सहरी क्षेत्रमा बढ्दै गएको बसाइसराइँ र जन्मदरमा आएको कमीले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या प्रत्येक दिन घट्दो क्रममा रहेको बताउनुभयो । उहाँले १ सयभन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयहरूको संख्या १५ हजार ९ सय ६५ रहेको, १ सयदेखि ५ सयसम्म विद्यार्थी भएका सामुदायिक विद्यालयहरुको संख्या ९ हजार ७ सय ४ रहेको, ५ सय १ देखि १ हजारसम्म विद्यार्थी भएका सामुदायिक विद्यालयहरुको संख्या १ हजार ६ सय ३६ रहेको जानकारी दिनुभयो ।

उहाँले १ हजार १ देखि १ हजार ५ सयसम्म विद्यार्थी भएका सामुदायिक विद्यालयहरुको संख्या ४ सय ५९ रहेको, १ हजार ५ सय १ देखि २ हजारसम्म विद्यार्थी भएका सामुदायिक विद्यालयहरुको संख्या १ सय ३६ रहेको र २ हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालयहरुको संख्या १ सय रहेको बताउनुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register