१९ महिनाअघि हमासको अपहरणमा परेका इजरायली–अमेरिकी नागरिक अलेक्ज्यान्डर रिहा

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायली–अमेरिकी नागरिक एडन अलेक्ज्यान्डरलाई रिहा गरेको छ । १९ महिनाअघि बन्धक बनाइएका उनलाई सोमबार राति गाजा सिटीको खान युनिस क्षेत्रबाट रिहा गरिएको हो । २१ वर्षीय अलेक्ज्यान्डर अमेरिकाबाट आएर इजरायली सेनामा भर्ना भएका व्यक्ति हुन् । उनी २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणताका अपहरणमा परेका थिए । अलेक्ज्यान्डरको […]

May 13, 2025 - 02:50
 0
१९ महिनाअघि हमासको अपहरणमा परेका इजरायली–अमेरिकी नागरिक अलेक्ज्यान्डर रिहा

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायली–अमेरिकी नागरिक एडन अलेक्ज्यान्डरलाई रिहा गरेको छ । १९ महिनाअघि बन्धक बनाइएका उनलाई सोमबार राति गाजा सिटीको खान युनिस क्षेत्रबाट रिहा गरिएको हो ।

२१ वर्षीय अलेक्ज्यान्डर अमेरिकाबाट आएर इजरायली सेनामा भर्ना भएका व्यक्ति हुन् । उनी २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणताका अपहरणमा परेका थिए ।

अलेक्ज्यान्डरको रिहाइलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्व भ्रमणको पूर्वसन्ध्या र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको आलोचनासँग जोडेर हामासले एकपक्षीय ढंगमा ‘अमेरिकाप्रति सद्भावना’को रूपमा प्रस्तुत गरेको विश्लेषण गरिएको छ । तर, नेतन्याहूले कुनै पनि सम्झौतामा नपुगेको र इजरायलको सैन्य अभियान जारी राख्ने बताएका छन् ।

अलेक्ज्यान्डर गाजामा हमासद्वारा बन्धक बनाइएका अन्तिम जीवित अमेरिकी नागरिक हुन् ।

उनको रिहाइसँगै ५८ अपहृतमध्ये २३ जना जीवित रहेको अनुमान गरिएको छ । अलेक्ज्यान्डरको परिवारले उनको रिहाइलाई स्वागत गर्दै राष्ट्रपति ट्रम्पलाई सार्वजनिक रुपमा धन्यवाद दिएका छन् ।

हमासको यो निर्णय यस्तो समयमा आएको हो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार मध्यपूर्वको भ्रमणमा जाँदैछन् ।

हमासले यसले गाजाका जनतालाई मानवीय सहायता प्रदान गर्न मद्दत गर्ने बताएको छ । विगत ७० दिनदेखि इजरायलले गाजामा मानवीय सहायता रोकेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register