काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माण ढिला हुँदा झडप हुनसक्ने तोसिमाको चिन्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा तोसिमा कार्कीले राष्ट्रिय गौरवको योजना भनिएको काठमाडौं–तराई/मधेस द्रूतमार्गको निर्माण कार्य छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्ने माग गरेकी छिन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले राष्ट्रिय गौरवको योजना भनिने र वर्षौसम्म अलपत्र राख्ने राज्यको प्रवृत्तिका कारण नेपाली–नेपालीबीच झडप हुने अवस्था बनेको बन्दै गएको भन्दै परियोजना टुङ्गो लगाउने गरी काम अगाडि […]

May 13, 2025 - 08:02
 0
काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माण ढिला हुँदा झडप हुनसक्ने तोसिमाको चिन्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा तोसिमा कार्कीले राष्ट्रिय गौरवको योजना भनिएको काठमाडौं–तराई/मधेस द्रूतमार्गको निर्माण कार्य छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्ने माग गरेकी छिन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले राष्ट्रिय गौरवको योजना भनिने र वर्षौसम्म अलपत्र राख्ने राज्यको प्रवृत्तिका कारण नेपाली–नेपालीबीच झडप हुने अवस्था बनेको बन्दै गएको भन्दै परियोजना टुङ्गो लगाउने गरी काम अगाडि बढाउन माग गरेकी हुन् ।

‘राष्ट्रिय गौरवको योजना भनिएको काठमाडौं-तराई/मधेस द्रूत मार्गको निर्माण सम्पन्न हुन सकेको छैन । प्रस्थान विन्दुको टुङ्गो लागेको छैन । वर्षौंदेखि स्थानीय नागरिक र निर्माण पक्ष र नेपाली सेना पटकपटक विवाद हुने गरेको अवस्था छ,’ उनले भनिन्, ‘सरकार र सदन दुवैसँग अनुरोध गर्न चाहन्छु, राष्ट्रिय गौरवको योजना भनिने र वर्षौसम्म अलपत्र राख्ने राज्यको प्रवृत्तिका कारण नेपाली नेपालीबीच झडप हुने अवस्था बन्दै गएको छ । त्यहाँका नागरिकसँग समन्वय गरेर परियोजना टुङ्गो लगाउने गरी काम अगाडि बढाइयोस् ।’
यस्तै, सांसद कार्कीले संसदको सचिवालयमा यही बैशाख १९ गते ध्यानाकर्षण प्रस्ताव दर्ता गरेपनि ११ दिन पुग्दापनि उक्त विषयले संसद्मा प्रवेश नपाएको बताइन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register