धुर्मुस-सुन्तलीले धेरै दुःख पाए, माया लाग्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेसनले गौतम बुद्ध क्रिकेट रङ्गशालाको काम गाह्रो छ भन्दा भन्दै पनि सुरु गरेको बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको उद्घाटन गर्दै उनले रङ्गशाला सुरु गर्दा गाह्रो छ बाबुनानु नथाल भन्दाभन्दै धुर्मुस सुन्तलीले क्रिकेट मैदान सुरु गरेको भन्दै धेरै दुःख […]

May 13, 2025 - 12:47
 0
धुर्मुस-सुन्तलीले धेरै दुःख पाए, माया लाग्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेसनले गौतम बुद्ध क्रिकेट रङ्गशालाको काम गाह्रो छ भन्दा भन्दै पनि सुरु गरेको बताएका छन् ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको उद्घाटन गर्दै उनले रङ्गशाला सुरु गर्दा गाह्रो छ बाबुनानु नथाल भन्दाभन्दै धुर्मुस सुन्तलीले क्रिकेट मैदान सुरु गरेको भन्दै धेरै दुःख पाएको बताए ।

उनले भने, “मैले गाह्रो छ बाबुनानु त्यहाँ नथाल भन्दाभन्दै धुर्मुस सुन्तलीले क्रिकेट मैदान सुरु गरेर धेरै दुःख पाए । माया लाग्छ । तर, त्यो क्रिकेट मैदान पनि बन्छ । उनीहरुको दुःख कष्ट पनि हट्छ एकदिन । मैले त यही दुःख पाइन्छ भनेर नगर भनेको हो । यति ठूलो काम आँट्या एक दुई वटा केही साना कामहरुमा साथीभाइहरु धेरै नै हौसिन्छन् । हामी छौँ भन्छन् । चन्दा उठाएर नै बनाइन्छ भन्छन् तर सहयोग नगर्न सक्छन् ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register