पाकिस्तानी जेलबाट एक हप्तामा ३३० अफगान कैदी रिहा

काबुल । पाकिस्तानमा बन्दी बनाइएका कुल तीन सय ३० अफगान कैदीलाई रिहा गरी स्वदेश फिर्ता गरिएको मङ्गलबार शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयको आधिकारिक तथ्याङ्कले देखाएको छ । बन्दीहरू दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा क्रसिङ प्वाइन्ट हुँदै गत हप्ता अफगानिस्तान फर्केको मन्त्रालयले बतायो । पाकिस्तानले गत वर्ष हजारौँ अफगान कैदीलाई रिहा गरी अफगानिस्तान फिर्ता पठाएको […]

May 13, 2025 - 13:23
 0
पाकिस्तानी जेलबाट एक हप्तामा ३३० अफगान कैदी रिहा

काबुल । पाकिस्तानमा बन्दी बनाइएका कुल तीन सय ३० अफगान कैदीलाई रिहा गरी स्वदेश फिर्ता गरिएको मङ्गलबार शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

बन्दीहरू दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा क्रसिङ प्वाइन्ट हुँदै गत हप्ता अफगानिस्तान फर्केको मन्त्रालयले बतायो ।

पाकिस्तानले गत वर्ष हजारौँ अफगान कैदीलाई रिहा गरी अफगानिस्तान फिर्ता पठाएको छ ।

करिब ७० लाख अफगान शरणार्थी हाल विदेशमा बसिरहेका छन् । तीमध्ये अधिकांश कागजातविहीन आप्रवासी छन् र अफगानिस्तानको छिमेकी इरान र पाकिस्तानमा बसिरहेका छन् ।

पाकिस्तानी सरकारले सन् २०२५ मा अफगानहरूलाई आफ्नो देशमा निष्कासन गर्ने तयारी गरेको छ ।

अफगान अन्तरिम सरकारले अफगान शरणार्थीहरूलाई शरणार्थीका रूपमा विदेशमा बस्न र आफ्नो युद्धग्रस्त मातृभूमिको पुनर्निर्माणमा योगदान गर्न घर फर्कन बारम्बार आह्वान गर्दै आएको छ । सिन्ह्रा

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register