ताप्लेजुङबाट अवैध भरुवा बन्दुकसहित एकजना पक्राउ

फुङ्लिङ । ताप्लेजुङमा अवैध भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाथीभरा याङवरक गाउँपालिका–१ निवासी ४० वर्षीय बिर्खराज राई रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले राईले आफ्नै घरमा अवैध रूपमा बन्दुक लुकाएर राखेको सूचनाका आधारमा आइतबार उनलाई पक्राउ गरिएको बताए । प्रहरी निरीक्षक रवि रावल नेतृत्वको […]

Feb 3, 2025 - 01:27
 0
ताप्लेजुङबाट अवैध भरुवा बन्दुकसहित एकजना पक्राउ

फुङ्लिङ । ताप्लेजुङमा अवैध भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाथीभरा याङवरक गाउँपालिका–१ निवासी ४० वर्षीय बिर्खराज राई रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले राईले आफ्नै घरमा अवैध रूपमा बन्दुक लुकाएर राखेको सूचनाका आधारमा आइतबार उनलाई पक्राउ गरिएको बताए ।

प्रहरी निरीक्षक रवि रावल नेतृत्वको टोलीले राइको घरभित्र लुकाई राखेको भरुवा बन्दुक फेला पारेको उनले जानकारी दिए । राईमाथि हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा विस्तृत अनुसन्धान अघि बढाइएको छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register