पत्रकार फणि महतको निधन

झापा, ३१ बैशाख । प्रेस चौतारी नेपाल मधेश प्रदेशका अध्यक्ष वरिष्ठ पत्रकार फणिदेव महतको निधन भएको छ। ब्रेन ट्युमरका कारण लामो समयदेखि बिरामी रहेका महतको काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको हो। दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहनुभएका महतले चन्द्रनिगाहपुरबाट रेडियो सुप्रिम र अनलाइन पत्रिका ‘कलमपाटी डटकम’ सञ्चालन गर्दै [...] The post पत्रकार फणि महतको निधन appeared first on Jhapa Online.

May 14, 2025 - 03:36
 0
पत्रकार फणि महतको निधन

झापा, ३१ बैशाख । प्रेस चौतारी नेपाल मधेश प्रदेशका अध्यक्ष वरिष्ठ पत्रकार फणिदेव महतको निधन भएको छ। ब्रेन ट्युमरका कारण लामो समयदेखि बिरामी रहेका महतको काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको हो।

दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहनुभएका महतले चन्द्रनिगाहपुरबाट रेडियो सुप्रिम र अनलाइन पत्रिका ‘कलमपाटी डटकम’ सञ्चालन गर्दै आउनुभएको थियो।

उहाँका दुई सन्तान छन्। महतको पार्थिव शरीर चन्द्रपुर नगरपालिकास्थित निवासमा राखिएको छ। पत्रकार महतको निधनले नेपाली पत्रकारिता क्षेत्रमा एक निडर र प्रतिबद्ध पत्रकारको क्षति भएको छ।

The post पत्रकार फणि महतको निधन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register