बालसेवा आविको वार्षिकोत्सवमा दाता तथा शिक्षक सम्मानित

शिवसताक्षी, २३ फागुन । झापाको शिवसताक्षी ७ फाक्तेवमा रहेको श्री बालसेवा आधारभूत विद्यालयले ५१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । वार्षिकोत्सवको शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले विद्यालयका भौतिक पूर्वाधारहरु शिवसताक्षी नगरका निजी विद्यालयहरु भन्दा स्मार्ट र गुणस्तरीय बनाउने काम भइरहेको जानकारी दिए । [...] The post बालसेवा आविको वार्षिकोत्सवमा दाता तथा शिक्षक सम्मानित appeared first on Jhapa Online.

Mar 7, 2025 - 13:49
 0
बालसेवा आविको वार्षिकोत्सवमा दाता तथा शिक्षक सम्मानित

शिवसताक्षी, २३ फागुन । झापाको शिवसताक्षी ७ फाक्तेवमा रहेको श्री बालसेवा आधारभूत विद्यालयले ५१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । वार्षिकोत्सवको शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेका हुन् ।

उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले विद्यालयका भौतिक पूर्वाधारहरु शिवसताक्षी नगरका निजी विद्यालयहरु भन्दा स्मार्ट र गुणस्तरीय बनाउने काम भइरहेको जानकारी दिए । बालसेवा शिवसताक्षी नगरको सफलता तर्फ अघि बढिरहेको विद्यालय रहेको छ । उनले यस विद्यालयले संस्थागत विद्यालयहरुले दिएको शिक्षा भन्दा राम्रो र गुण्स्तरीय शिक्षा प्रदान गर्दै आएको बताए ।

नगरका धेरै विद्यालयहरुले अंङ्ग्रेजी माध्यमबाट पठन पाठन गर्न सुरु गरेका छन् । यसको अर्थ अब सामुदायिक विद्यालयहरु पनि अब्बल बन्दै गएका छन् । नगरपालिकाले स्मार्ट विद्यालयको अवधारणा ल्याएर विद्यालयहरुको चौतर्फी विकासका कामहरु बर्सेनी गर्दै आएको नगरप्रमुख थोप्राले जानकारी गराएका थिए ।

विद्यालयले वार्षिकोत्सवकै अवसर पारेर विद्यालयले सञ्चालन गरेको स्कुल बस खरिद अभियानमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको छ । सहयोग दाताहरुमा निर्मला बास्कोटा तथा युवराज ढुंगानाले १ लाख १५ हजार १११, जितेन्द्रराज चेम्जोङ्ग एवम सरस्वती तुम्बापोले १ लाख ११ हजार १११, ममता लिम्बु चेम्जुङ्गले ३४ हजार ७३० रुपैया ठूलो राशीको सहयोग प्रदान गरी विद्यार्थीहरुको भविष्य उज्ववल पार्ने कार्यमा योगदान दिनु भएको विद्यालयका प्रधानाध्यापक बेनुप्रसाद कार्कीले जानकारी दिए । उनले गएको वर्ष धेरै दाताहरुलाई सम्मान गरिसकिएको र चालु वर्षमा स्वेच्छिक रुपमा विद्यालयलाई सहयोग प्रदान गर्ने १८ जनालाई दाताहरुलाई सम्मान गरिएको बताए ।

विद्यालयमा स्थापना गरिएका स्व. धनवर्ण हंसमाया आङ्गदेम्बे चेम्जोङ्ग स्मृति स्मृति छात्रबृत्ति अक्षयकोष, स्व. सजना सेर्मा स्मृति छात्रबृत्ति अक्षयकोष, स्व अम्बर सेर्मा स्मृति छात्रबृत्ति अक्षयकोष, स्व. धनकुमार रनमाया सेर्मा स्मृति छात्रबृत्ति अक्षयकोष, स्व. तारा प्रसाद (गौरीमान) कार्की स्मृति अक्षयकोष र स्व. सकिला राई स्मृति छात्रबृत्ति अक्षयकोष मार्फत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको थियो ।

त्यस्तै कार्यक्रममा विद्यालयले स्वेच्छिक अवकास लिनु भएका शिक्षक बमबहादुर बुढाथोकी, शिक्षक नविन लामिछाने, मुकेश कुमार यादवलाई पनि सम्मान गरिएको थियो । विद्यार्थीहरुले वर्ष भरीबाट विभिन्न विधामा उत्कृष्ट हासिल गर्ने विद्यार्थीहरुलाई समेत मेडल तथा प्रमाण पत्र प्रदान गरिएको बालसेवा आधारभूत विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरुद्वारा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख छवि ढकाल, नेपाल शिक्षक महासंघ शिवसताक्षका सचिव हेतिराज निरौला, भानु माविका प्रधानाध्यापक डामकुमार कुँवरलगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन ल्वागुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक सन्तोष खत्रीले गरेका थिए ।

The post बालसेवा आविको वार्षिकोत्सवमा दाता तथा शिक्षक सम्मानित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register