विश्वकप लिग २ सिरिज खेल्न लन्डन आइपुग्यो नेपाली राष्ट्रिय क्रिकेट टोली

लन्डन- बेलायतको स्कटल्याण्डमा आइसीसी एक दिवसीय विश्वकप लिग २ सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली लन्डन आइपुगेको छ । हिथ्रो विमानस्थलमा बिहीबार बिहान माया इभेन्टसका निर्देशक राज पाण्डे लगायतले खेलाडीलाई स्वागत गरे । माया इभेन्टसले शनिबार ति खेलाडीको सहयोगार्थ लन्डन साउथ ह्यारोको नेवा छेमा च्यारिटी डिनर गर्ने तयारी गरेको छ ।   निर्देशक पाण्डेले च्यारिटी […]

May 15, 2025 - 08:54
 0
विश्वकप लिग २ सिरिज खेल्न लन्डन आइपुग्यो नेपाली राष्ट्रिय क्रिकेट टोली


लन्डन- बेलायतको स्कटल्याण्डमा आइसीसी एक दिवसीय विश्वकप लिग २ सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली लन्डन आइपुगेको छ ।

हिथ्रो विमानस्थलमा बिहीबार बिहान माया इभेन्टसका निर्देशक राज पाण्डे लगायतले खेलाडीलाई स्वागत गरे ।

माया इभेन्टसले शनिबार ति खेलाडीको सहयोगार्थ लन्डन साउथ ह्यारोको नेवा छेमा च्यारिटी डिनर गर्ने तयारी गरेको छ ।  

निर्देशक पाण्डेले च्यारिटी डिनरमा आएर खेलाडीलाई सहयोग गरिदिन सबैमा अपिल गरेका छन् । 

स्कटल्यान्ड जानु अघि नेपाली टिमले लन्डनमा केही अभ्यास खेल खेल्ने कार्यक्रम छ ।  

नेपालले लिग-२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग जुन २ देखि १० सम्म सिरिज खेल्नेछ ।

लिग-२ सिरिजपछि नेपालले ती देशहरूसँग टी-२०आई सिरिज पनि खेल्नेछ । उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुने जनाइएको छ ।


टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी छन् ।

टी-२०आई सिरिजका लागि थप किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम छानिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register