मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन 

काठमाडौँ । मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन भएको छ । बस्नेतविरुद्ध भ्रष्टाचार गरेको कसुरमा मुद्दा दर्ता भएसँगै उनको प्रतिनिधि सभा सदस्य पद स्वतः निलम्बन हुने भएको हो ।  तर, बस्नेतको सांसद पद निलम्बनबारे औपचारिक जानकारी भने गराइएको छैन ।  मुद्दा दायर भएको विषयमा औपचारिक जानकारी पाएपछि उनको सांसद पद निलम्बनबारे औपचारिक जानकारी गराइने संसद् […]

May 15, 2025 - 09:34
 0
मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन 

काठमाडौँ । मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन भएको छ । बस्नेतविरुद्ध भ्रष्टाचार गरेको कसुरमा मुद्दा दर्ता भएसँगै उनको प्रतिनिधि सभा सदस्य पद स्वतः निलम्बन हुने भएको हो । 

तर, बस्नेतको सांसद पद निलम्बनबारे औपचारिक जानकारी भने गराइएको छैन । 

मुद्दा दायर भएको विषयमा औपचारिक जानकारी पाएपछि उनको सांसद पद निलम्बनबारे औपचारिक जानकारी गराइने संसद् सचिवालयका अधिकारीहरुले बताएका छन् । 

उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान अयोगले टेरामक्स प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै मुद्दाको अन्तिम फैसला नहुँदासम्म सांसद पद स्वतः निलम्बन हुने भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा उल्लेख छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register