रुपन्देहीमा पनि खुल्यो गुरुकुल सिए

काठमाडौँ। चार्टर्ड एकाउण्टेन्सी अध्ययनका लागि आफ्नो छुट्टै पहिचान बनाउन सफल गुरुकुल सिएले रुपन्देहीमा पनि शाखा विस्तार गरेको छ । काठमाडौँ, चितवन लगायतका ठाउँबाट सेवा दिँदै आएको गुरुकुलले रुपन्देहीमा आफ्नो शाखा खोलेको हो । मध्य पश्चिमका विद्यार्थीहरुलाई लक्षित गर्दै संचालनमा आएको गुरुकुलले नेपाल बोर्ड र भारतीय बोर्ड अन्तर्गतका सिए कोर्स अध्यापन गर्ने काम गरिरहेको छ । […]

Apr 18, 2025 - 10:59
 0
रुपन्देहीमा पनि खुल्यो गुरुकुल सिए

काठमाडौँ। चार्टर्ड एकाउण्टेन्सी अध्ययनका लागि आफ्नो छुट्टै पहिचान बनाउन सफल गुरुकुल सिएले रुपन्देहीमा पनि शाखा विस्तार गरेको छ । काठमाडौँ, चितवन लगायतका ठाउँबाट सेवा दिँदै आएको गुरुकुलले रुपन्देहीमा आफ्नो शाखा खोलेको हो ।

मध्य पश्चिमका विद्यार्थीहरुलाई लक्षित गर्दै संचालनमा आएको गुरुकुलले नेपाल बोर्ड र भारतीय बोर्ड अन्तर्गतका सिए कोर्स अध्यापन गर्ने काम गरिरहेको छ ।

दुवै बोर्डका परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल गुरुकुल सिए रुपन्देही शाखाको उद्घाटन संस्थाका प्रमुख सिए मेघराज अर्यालले गरेका छन् ।

योसँगै अब मध्यपश्चिममा रहेका विद्यार्थीहरुलाई सिए पढ्नका लागि काठमाडौं आउनुपर्ने वा भारत जानुपर्ने बाध्यता हटेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register