‘काँग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरेर नोटमा चुनाव चिन्ह राखे हुन्छ’- सांसद हरि ढकाल 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले काँग्रेस र एमालेलाई दुई जना गभर्नर बनाउन व्यङ्ग्यात्मक सुझाव दिएका छन् । प्रतिनिधि सभाको बैठकमा गभर्नर नियुक्तिको विषयमा बोल्दै सांसद ढकालले यस्तो व्यङ्ग्यात्मक सुझाव दिएका हुन् । उनले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा दुई दल (एमाले र काँग्रेस) बीच लडाइ चलेको उल्लेख गर्दै दुईवटा गभर्नर […]

May 15, 2025 - 10:46
 0
‘काँग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरेर नोटमा चुनाव चिन्ह राखे हुन्छ’- सांसद हरि ढकाल 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले काँग्रेस र एमालेलाई दुई जना गभर्नर बनाउन व्यङ्ग्यात्मक सुझाव दिएका छन् । प्रतिनिधि सभाको बैठकमा गभर्नर नियुक्तिको विषयमा बोल्दै सांसद ढकालले यस्तो व्यङ्ग्यात्मक सुझाव दिएका हुन् ।

उनले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा दुई दल (एमालेकाँग्रेस) बीच लडाइ चलेको उल्लेख गर्दै दुईवटा गभर्नर बनाउन सुझाव दिएका छन् ।

हाल नेपालमा हरेक संरचना राजनीतिक नियुक्तिले गिजोलेको भन्दै उनले राष्ट्र बैंक पनि राजनीतिक खिचातानीले नै गिजोलेको बताएका छन् । उनले बरु एमाले र काँग्रेसका तर्फबाट दुईवटा गभर्नर बनाएर लडाइ सल्टाउन पनि सरकारलाई सुझाव दिएका छन् । 

उनले व्यङ्ग्यात्मक रुपमा एउटा गभर्नर बिचौलिया ह्यान्डल गर्न र अर्को गभर्नर नोटमा हस्ताक्षर गर्न नियुक्ति गर्न भनेका छन् । साथै ढकालले राष्ट्र बैंकले छाप्ने नोटमा आफ्नो चुनाव चिन्ह राखे पनि हुन्छ भन्दै व्यङ्ग्य गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register