‘केही दिनमै राष्ट्र बैंकको गभर्नर नियुक्ति हुन्छ’- सञ्चारमन्त्री गुरुङ 

काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ केही दिनमै गभर्नर नियुक्ति हुने बताएका छन् । उनले अबको केही दिनमा नेपाल राष्ट्र बैंकले गभर्नर पाउने आशा भएको बताएका हुन् ।  यसअघि गभर्नर सिफारिस गर्न गठन गरिएको समितिमा सदस्यले भकाभक राजिनामा दिएपछि गभर्नर नियुक्तिमा ढिलाई भएको उनको भनाई छ । हाल सरकारले सिफारिस समितिको पुनर्गठन समेत […]

May 15, 2025 - 11:43
 0
‘केही दिनमै राष्ट्र बैंकको गभर्नर नियुक्ति हुन्छ’- सञ्चारमन्त्री गुरुङ 

काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ केही दिनमै गभर्नर नियुक्ति हुने बताएका छन् । उनले अबको केही दिनमा नेपाल राष्ट्र बैंकले गभर्नर पाउने आशा भएको बताएका हुन् । 

यसअघि गभर्नर सिफारिस गर्न गठन गरिएको समितिमा सदस्यले भकाभक राजिनामा दिएपछि गभर्नर नियुक्तिमा ढिलाई भएको उनको भनाई छ ।

हाल सरकारले सिफारिस समितिको पुनर्गठन समेत गरिसकेकोले अब केही दिनमै राष्ट्र बैंकले नयाँ गभर्नर पाउनेमा आशा रहेको मन्त्री गुरुङले बताएका छन् । डा. विश्व पौडेलले राजिनामा दिएपछि सरकारले समितिको सदस्यमा पोषराज पाण्डेलाई नियुक्त गरेको छ । 

उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको उक्त समितिमा पूर्व गभर्नर महाप्रसाद अधिकारी पनि सदस्य छन् । हाल सरकारले काँग्रेसले सिफारिस गरेका डा. विश्व पौडेललाई गभर्नर बनाउने गरी तयारी अघि बढाएको स्रोतको दाबी छ । तर, पौडेल पनि विवादमा तानिन सक्ने सम्भावना देखेपछि काँग्रेसभित्र नयाँ पात्रका रुपमा डा. अंगराज तिमल्सिनाको चर्चा पनि सुरु भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register