ओखलढुंगाको मोलुङमा कम बेरुजु

ओखलढुंगा । महालेखापरीक्षकको प्रतिवेदन २०२ अनुसार ओखलढुंगाको ८ वटा स्थानीय तहहरु मध्य मोलुङ गाउँपालिकामा सबै भन्दा कम बेरुजु रहेको छ । महालेखापरीक्षकको कार्यलयले सार्वजानिक गरेका प्रतिवेदन अनुसार मोलुङ गाउँपालिकामा कुल ९७ करोड ५ लाख ४४ हजार रकमको लेखा परीक्षण गर्दा १ करोड ७ लाख ३ हजार बेरुजु देखिएको छ । यसैगरि ४ करोड ३ लाख […]

May 15, 2025 - 11:39
 0
ओखलढुंगाको मोलुङमा कम बेरुजु

ओखलढुंगा ।

महालेखापरीक्षकको प्रतिवेदन २०२ अनुसार ओखलढुंगाको ८ वटा स्थानीय तहहरु मध्य मोलुङ गाउँपालिकामा सबै भन्दा कम बेरुजु रहेको छ । महालेखापरीक्षकको कार्यलयले सार्वजानिक गरेका प्रतिवेदन अनुसार मोलुङ गाउँपालिकामा कुल ९७ करोड ५ लाख ४४ हजार रकमको लेखा परीक्षण गर्दा १ करोड ७ लाख ३ हजार बेरुजु देखिएको छ ।

यसैगरि ४ करोड ३ लाख ३ हजार बेरुजुसहित चम्पादेवी गाउँपालिकामा जिल्लाकै सबै भन्दा धेरै बेरुजु देखिएको छ । चम्पादेवी गाउँपालिकामा कुल ८३ करोड ८४ लाख २७ हजार रकमको लेखा परीक्षण गरिएको थियो । प्रतिशतका आधारमा यो गाउँपालिकामा ५.७७ प्रतिशत रकम बेरुजु देखिएको छ ।

यसैगरी  लिखु गाउँपालिकामा कुल ९९ करोड ४३ लाख ८१ हजार रकमको लेखा परीक्षण गर्दा ३ करोड ७२ लाख २७ हजार रकम सहित कुल बजेटको ३.७४ प्रतिशत बेरुजु देखिएको छ ।

ओखलढुंगाकै मानेभञ्ज्याङ गाउँपालिकामा कुल बजेटको २.०७ प्रतिशत रकम बेरुजु रहेको छ । यो गाउँपालिकामा ८९ करोड ३५ लाख २४  हजार रकमको लेखा परीक्षण गरिएको थियो ।

कुल ८१ करोड ८१ लाख ९६ हजार रकमको लेखा परीक्षण गरिएको खिजीदेम्बा गाउँपालिकामा कुल बजेटको २ प्रतिशत १ करोड ६३ लाख ६१ हजार बेरुजु देखिएको छ । यसै १ अर्ब २ करोड ५६ लाख ३६ हजार बजेटको लेखा परीक्षण गरिएको चिशंखुगढी गाउँपालिकामा १ करोड ९१ लाख ६१ हजार बेरुजु देखिएको छ ।

जिल्लाको एक मात्रै नगरपालिका सिद्धिचरण नगरपालिकामा २ करोड ७ लाख १३ हजार बेरुजु देखिएको छ । यो नगरपालिकामा कुल १ अर्ब ६४ करोड ५३ लाख ७५ हजार रकमको लेखा परीक्षण गरिएको थियो । सिद्धिचरण नगरपालिकामा कुल बजेटको १.२६ प्रतिशत रकम बेरुजु रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register