बिर्तामोडमा जेठ ३ देखि वडा स्तरिय भलिबलको प्रतियोगिता

बिर्तामोड, १ जेठ । बिर्तामोड नगरपालिका वडा नं. ९ खेलकुद विकास समितिको आयोजना वडास्तरीय पुरुष भलिबल प्रतियोगिता २०८२ हुने आयोजना हुने भएको छ।  वडा खेलकुद समिति र नगर खेलकुद विकास समितिको सह-आयोजनामा आगामी जेठ ३ र ४ गते दुर्गा माविको खेल मैदान प्रतियोगिता आयोजन गर्न लागिएको हो । प्रतियोगितामा बिर्तामोड नगरपालिका अन्तर्गत वडा नं. १ [...] The post बिर्तामोडमा जेठ ३ देखि वडा स्तरिय भलिबलको प्रतियोगिता appeared first on Jhapa Online.

May 15, 2025 - 13:02
 0
बिर्तामोडमा जेठ ३ देखि वडा स्तरिय भलिबलको प्रतियोगिता

बिर्तामोड, १ जेठ । बिर्तामोड नगरपालिका वडा नं. ९ खेलकुद विकास समितिको आयोजना वडास्तरीय पुरुष भलिबल प्रतियोगिता २०८२ हुने आयोजना हुने भएको छ। 

वडा खेलकुद समिति र नगर खेलकुद विकास समितिको सह-आयोजनामा आगामी जेठ ३ र ४ गते दुर्गा माविको खेल मैदान प्रतियोगिता आयोजन गर्न लागिएको हो ।

प्रतियोगितामा बिर्तामोड नगरपालिका अन्तर्गत वडा नं. १ देखि १० सम्मका वडाका  टिमको सहभागिता रहने आज वडा कार्यालयमा आयोजित पत्रकार भेटघाटमा वडा खेलकूद विकास समितिका अध्यक्ष विश्वदीप राजवंशीले जानकारी दिनुभयो । 

प्रतियोगिताको उद्देश्य वडास्तरमा रहेका खेलाडीहरूको प्रतिभा उजागर गर्नु, युवामा खेलप्रतिको आकर्षण बढाउनु तथा खेलकुदको माध्यमबाट वडा र नगरबीच आपसी स‌द्भाव तथा सहकार्य विस्तार गर्नु रहेको उहाँले बताउनुभयो ।

प्रतियोगिताको प्रथम स्थान हासिल गर्ने टोलीले नगद रु. ३१ हजार र द्वितीय स्थान हासिल गर्ने टोलीले नगद रु. २१ हजार प्राप्त गर्नेछन् । प्रतियोगिता अन्तर्गत म्यान अफ द म्याच, सर्वोत्कृष्ट सर्भर, सर्वोत्कृष्ट स्पाइकर, सर्वोत्कृष्ट ब्लकर, सर्वोत्कृष्ट सेटर लगायतका व्यक्तिगत विधागत पुरस्कारहरू पनि प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्नका लागि अनुमानित खर्च रु. ५ लाख ३२ हजार २ सय लाग्ने अनुमान गरिएको छ। 

खेलकुद विकासका लागि वडाले सक्दो प्रयास गरिरहेको वडाध्यक हरिप्रसाद चम्लागाईले बताउनुभयो । वडासंग पर्याप्त बजेट नभए पनि भएको बजेटलाई सदुपयोग गरिँदै आएको उहाँले बताउनु भयो । 

पत्रकार सम्मेलनमा बिर्तामोड नगर खेलकुद विकास समितिका सचिव विसन लिम्बुले प्रतियोगिता सम्पन्न गर्न नगर खेलकुद विकास समितिले केही आर्थिक सहयोग गर्ने बताउनुभयो । प्रतियोगिता सफल बनाउन आफूहरूले कुनै कसर बाँकी नराख्ने उहाँको भनाई छ। 

वडा सचिव सुवास बिकले भलिबल प्रतियोगिताका लागि वडाले रु. २ लाख बजेट विनियोजन गरेर सम्झौता समेत गरिसकेको बताउनुभयो । प्रतियोगिताको प्रविधिक पक्षका विषयमा अफिसियल रेफ्री नविन रिजालले प्रष्ट पार्नुभएको थियो।  

प्रतियोगिताका लागि मुख्य प्रायोजकको लागि २ लाख ५० हजार, सह-प्रायोजकको लागि १ लाख ५० हजार, प्रायोजकको लागि ५० हजार र सपोर्टरको रुपमा २५ हजार सम्म लिइएको पत्रकार भेटघाटमा जानकारी दिइयो।

The post बिर्तामोडमा जेठ ३ देखि वडा स्तरिय भलिबलको प्रतियोगिता appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register