मदर टेरेसा भारतको पोस्टमा एपीएफको १४ गोल

इलाम, २० फागुन । एपीएफ क्लब काठमाडौँ दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । क्लब ओएसिसको आयोजनामा इलामको ठूलो टुँडिखेलमा मङ्गलवार भएको खेलमा मदर टेरेसा फुटबल क्लब युपी भारतलाई १४–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगेको छ । एपीएफका तर्फबाट रश्मि घिसिङले डबल ह्याट्रिक, अनिता बस्नेतले ५ गोल, अनिता केसी, [...] The post मदर टेरेसा भारतको पोस्टमा एपीएफको १४ गोल appeared first on Jhapa Online.

Mar 4, 2025 - 14:09
 0
मदर टेरेसा भारतको पोस्टमा एपीएफको १४ गोल

इलाम, २० फागुन । एपीएफ क्लब काठमाडौँ दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

क्लब ओएसिसको आयोजनामा इलामको ठूलो टुँडिखेलमा मङ्गलवार भएको खेलमा मदर टेरेसा फुटबल क्लब युपी भारतलाई १४–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगेको छ । एपीएफका तर्फबाट रश्मि घिसिङले डबल ह्याट्रिक, अनिता बस्नेतले ५ गोल, अनिता केसी, मनमाया दमाई र कुसुम खतिवडाले १र१ गोल गरिन् । मदर टेरेसा भारतको तर्फबाट प्रतीक्षा क्षेत्रीले १ गोल फर्काइन् ।

नेपाली राष्ट्रिय टिमका खेलाडीले भरिएको एपीएफ र भारतको मदर टेरेसा बीचको आजको खेल पहिलो हाफको केही मिनेट प्रतिस्पर्धात्मक रहे पनि त्यस पछि एपीएफले दबाबमा राख्यो र लगातार गोल गर्‍यो । आजको प्लेयर अफ द म्याच रश्मि घिसिङ बनिन उनले नगद ५ हजार प्राप्त गरिन् ।

फागुन २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी आठ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद ४ लाख र उपविजेताले २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । भोलि हुने पहिलो सेमिफाइनल खेल आयोजक र त्रिभुवन आर्मी क्लबबिच हुनेछ ।

The post मदर टेरेसा भारतको पोस्टमा एपीएफको १४ गोल appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register