बालेनले गरे कार्यपालिका विषयगत समितिमा जिम्मेवारी हेरफेर

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिकाअन्तर्गत ४ वटा समितिका संयोजकहरुको जिम्मेवारी हेरफेर गरेका छन् । काठमाडौँ महानगरपालिका, नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकिएको बालेनको सचिवालयले जनाएको छ । यसरी परिवर्तन गरिएका समितिहरुमा सूचना प्रविधि […]

May 15, 2025 - 14:58
 0
बालेनले गरे कार्यपालिका विषयगत समितिमा जिम्मेवारी हेरफेर

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिकाअन्तर्गत ४ वटा समितिका संयोजकहरुको जिम्मेवारी हेरफेर गरेका छन् । काठमाडौँ महानगरपालिका, नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकिएको बालेनको सचिवालयले जनाएको छ ।

यसरी परिवर्तन गरिएका समितिहरुमा सूचना प्रविधि समिति, सुशासन समिति, सम्पदा तथा पर्यटन समिति र विधायन समिति छन् । यी समितिमा क्रमशः नविन मानन्धर, ख्यामराज तिवारी, आशामान संगत र मचाराजा महर्जन संयोजक थिए । अब ती समितिमा क्रमशः वीरेन्द्र प्रजापती, दलबहादुर कार्की, विनोद कुमार राजभण्डारी र रोजिना श्रेष्ठ संयोजक तोकिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register