भारतमा समस्या आउँदा काठमाडौंलगायत नेपालभर केहीबेर अन्धकार

भारतमा समस्या आउँदा बिहीबार साँझ काठमाडौंसहित देशभर धिकांश स्थानमा बिजुली गएको छ। भारतमा समस्या देखिएपछि त्यसको प्रभाव नेपालमा पनि परेको विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पाकारले जानकारी दिए । उनले नेपाल भ्युजसँग भने, ‘भारतमा समस्या देखियो । त्यसको फल्ट नेपालमा पनि भयो । अनि नेपालभर विद्युत् आपूर्तिमा समस्या भयो ।’ उनका अनुसार […]

May 15, 2025 - 15:19
 0
भारतमा समस्या आउँदा काठमाडौंलगायत नेपालभर केहीबेर अन्धकार

भारतमा समस्या आउँदा बिहीबार साँझ काठमाडौंसहित देशभर धिकांश स्थानमा बिजुली गएको छ।

भारतमा समस्या देखिएपछि त्यसको प्रभाव नेपालमा पनि परेको विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पाकारले जानकारी दिए । उनले नेपाल भ्युजसँग भने, ‘भारतमा समस्या देखियो । त्यसको फल्ट नेपालमा पनि भयो । अनि नेपालभर विद्युत् आपूर्तिमा समस्या भयो ।’

उनका अनुसार अहिले समस्या समाधानको प्रयास भइरहेको छ । फल्ट पत्ता लगाउँदै विद्युत् आपूर्ति सुरु गरिएको उनले जानकारी दिए । अहिले भने धेरैजसो स्थानमा विद्युते आपूर्ति सुरु भएको छ ।

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register