मलाई ओलीले ‘राजनीतिमा आऊ’ कहिल्यै भन्नुभएको छैन : राधिका शाक्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले आफूलाई राजनीतिमा आउनको लागि कुनै चासो नभएको बताएकी छन् । काठमाडौंमा सोमबार आयोजित आफूले लेखेको पुस्तक ‘करुणा’को अन्तरक्रिया कार्यक्रममा उनले पाको उमेरमा राजनीतिमा आएर के पाउने हो र ? भन्दै प्रश्न गरिन् । उनले राजनीतिमा लागेको भए आजसम्म प्राप्त भएका उपलब्धिहरू पनि गुम्ने संकेत गरिन् । […]

May 19, 2025 - 14:24
 0
मलाई ओलीले ‘राजनीतिमा आऊ’ कहिल्यै भन्नुभएको छैन : राधिका शाक्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले आफूलाई राजनीतिमा आउनको लागि कुनै चासो नभएको बताएकी छन् ।

काठमाडौंमा सोमबार आयोजित आफूले लेखेको पुस्तक ‘करुणा’को अन्तरक्रिया कार्यक्रममा उनले पाको उमेरमा राजनीतिमा आएर के पाउने हो र ? भन्दै प्रश्न गरिन् । उनले राजनीतिमा लागेको भए आजसम्म प्राप्त भएका उपलब्धिहरू पनि गुम्ने संकेत गरिन् ।

‘तपाईँ राजनीतिमा पो सल्बलाउन थाल्नु भएको हो की भन्ने पत्रकारहरूका प्रश्न आएका छन् । यसमा सबैजना ढुक्क हुनु भए हुन्छ, म राजनीतिमा आउने मान्छे होइन । मैले आफ्नो उर्जाशील जवानीमा त राजनीति गरिनँ । अब निभ्न लागेको बत्ती भनेकोजस्तै आजको यो उमेरमा किन राजनीतिमा आउछु र । के पाउछु र ?’ उनले भनिन्, ‘अहिले चुप लागेर बसेकी छु । र त धेरै कुरा प्राप्त गरकी छु । जहाँसम्म लाग्छ राजनीतिमा लागेको भए यति कुरा पनि पाउँदिन थिए होला ।’

यस्तै, उनले ओलीले श्रीमतीलाई अगाडि सार्न लाग्यो कि भनेर कता–कता प्रश्न गरेको सुनेको पनि बताइन् । ‘मलाई केपी ओलीले राजनीतिमा आऊ वा सक्रिय बन कहिल्यै भन्नुभएको छैन । आफू राजनीति गर्न भनेर आएको पनि होइन्,’ उनले भनिन्,’ ‘म आफैँले पनि राजनीति गर्छु भनेर भनेकी छैन ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register