दमकका पूर्व नगरप्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन

दमक, ३ जेठ । झापाको दमक नगरपालिकाका पूर्व नगर प्रमुख तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ। दमक–५ निवासी बुढाथोकीको आज बिहान आफ्नै निवासमा ७२ वर्षको उमेरमा निधन भएको हो । उनी केही समययता मुटु र मिर्गौला रोगबाट पीडित थिए। विसं २०४९ को स्थानीय तहको निर्वाचनमा बुढाथोकी एमालेबाट दमको मेयरमा निर्वाचित [...] The post दमकका पूर्व नगरप्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन appeared first on Jhapa Online.

May 17, 2025 - 14:40
 0
दमकका पूर्व नगरप्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन

दमक, ३ जेठ । झापाको दमक नगरपालिकाका पूर्व नगर प्रमुख तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ।

दमक–५ निवासी बुढाथोकीको आज बिहान आफ्नै निवासमा ७२ वर्षको उमेरमा निधन भएको हो । उनी केही समययता मुटु र मिर्गौला रोगबाट पीडित थिए। विसं २०४९ को स्थानीय तहको निर्वाचनमा बुढाथोकी एमालेबाट दमको मेयरमा निर्वाचित भएका थिए । पछिल्लो समय एमाले छाडेर उनी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा थिए ।

पूर्वनगर प्रमुख बुढाथोकीको निधनप्रति दमक नगरपालिकाकी उपप्रमुख रेगना भट्टराई प्रसाईंले समवेदना व्यक्त गरेकी छन् । उनले स्वर्गीय बुढाथोकीले नगर विकास, सामाजिक सेवा र नेतृत्वदायी भूमिकामार्फत दमकको समृद्धिमा पुर्‍याएको योगदान सदैव स्मरणीय रहने पनि बताएकी छन् ।

The post दमकका पूर्व नगरप्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register