झापामा २७ बालबालिकासहित ६१६ नयाँ क्षयरोगी भेटिए

सन्तोष शर्माझापा, ४ फागुन । झापामा क्षयरोगका छ सय १६ जना नयाँ बिरामी फेला परेका छन् । जिल्लामा २७ बालबालिकासहित छ सय १६ जना नयाँ क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन विरेन्द्र दासले जानकारी दिनुभयो । जसमा तीन सय ७९ पुरुष र दुई सय १९ जना महिला छन् । चालू आर्थिक [...] The post झापामा २७ बालबालिकासहित ६१६ नयाँ क्षयरोगी भेटिए appeared first on Jhapa Online.

Feb 16, 2025 - 13:25
 0
झापामा २७ बालबालिकासहित ६१६ नयाँ क्षयरोगी भेटिए

सन्तोष शर्मा
झापा, ४ फागुन ।
झापामा क्षयरोगका छ सय १६ जना नयाँ बिरामी फेला परेका छन् ।

जिल्लामा २७ बालबालिकासहित छ सय १६ जना नयाँ क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन विरेन्द्र दासले जानकारी दिनुभयो । जसमा तीन सय ७९ पुरुष र दुई सय १९ जना महिला छन् ।

चालू आर्थिक वर्षको छ महिनाको अवधिमा खकारमा किटाणु देखिएका तीन सय ७४, छातीको एक्स–रेबाट पत्ता लागेका ८९ जना र फोक्सोमा बाहेक अन्य अंगमा क्षयरोग देखिएका एक सय ५१ नयाँ बिरामी फेला परेको उहाँले बताउनुभयो । क्षयरोग पुनः दोहोरिएको ४४ जना बिरामी समेत फेला परेको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७९/०८० मा एक हजार ४५ जना र आव २०८०/०८१ मा एक हजार दुई ६० जना नयाँ क्षयरोगका बिरामी फेला परेको जानकारी दिँदै उहाँले पछिल्लो समय झापामा क्षयरोगीको संख्या बढ्दै गएको बताउनुभयो ।

“समुदायस्तरमा गएर बिरामीको खोजी गर्ने हो भने रोगीको संख्या अझै बढ्छ”, उहाँले भन्नुभयो, “सरुवा रोग भएकाले विशेष खोज पड्ताल अभियान चलाउन जरुरी छ ।” नयाँ फेला परेका सबै बिरामीले नियमित औषधि सेवन गरिरहेको उहाँले बताउनुभयो ।

जिल्लामा फेला नयाँ क्षयरोगी २५ वर्षदेखि ५५ वर्ष उमेर समूहका धेरै छन् । झापाको दमक र मेचीनगरको धुलाबारीमा क्षयरोगीको संख्या धेरै रहेको फोकल पर्सन दास बताउनुहुन्छ ।

जिल्लाका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध हुने क्षयरोगको औषधि बिरामीले छ महिनासम्म सेवन गर्नुपर्छ । औषधि सेवनको अवधि पूरा गर्ने विपन्न वर्गका बिरामीलाई मासिक रू पाँच सय प्रोत्साहन रकम दिने गरिएको छ ।

संघीय कार्यक्रम अन्तरगत झापाको तीन वटा पालिका शिवसताक्षी, बिर्तामोड र मेचीनगर नगरपालिकामा क्षयरोगमुक्त अभियान समेत सञ्चालित छ । सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल घोषणा गर्ने सरकारी लक्ष्य छ ।

क्षयरोग के हो ?
श्वासप्रश्वासको माध्यमबाट सर्ने सरुवा रोग क्षयरोग माइक्रो ब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुको सङ्क्रमणका कारण हुने गर्दछ । क्षयरोग भएका बिरामीले खोक्दा, हाछ्युँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ । क्षयरोगबाट ७२ प्रतिशत फोक्सोलाई सङ्क्रमण गर्छ । यस्तै, मुटुको बाहिरी झिल्ली, मासु, जोर्नी, मस्तिष्कमा पनि क्षयरोगले असर गर्दछ ।

कुपोषण भएका, धुमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादकपदार्थ सेवन गर्ने, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस क्षयरोगको उच्च जोखिम पर्ने गर्दछन् ।

तौल कम हुनु, खानामा रुचि कम हुनु, दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, राति ज्वरो आउनु क्षयरोगका प्रमुख लक्षण हुन् ।

The post झापामा २७ बालबालिकासहित ६१६ नयाँ क्षयरोगी भेटिए appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register