नौसेनाको जहाज न्युयोर्कको ब्रुकलिन ब्रिजमा ठोकियो

काठमाडौं । मेक्सिकोको नौसेनाको एक जहाज न्युयोर्कको पुलमा ठोक्किएको छ । मेक्सिकोको एउटा ठूलो प्रशिक्षण जहाज न्युयोर्कको ब्रुकलिन पुलमा ठोक्किएर क्षति पुगेको छ । उक्त जहाज एक विशेष कार्यक्रममा सहभागीहरूलाई लिएर गएको थियो। जहाज ठोक्किएको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा देखिएको छ- शनिबार उक्त जहाज पुलमुनिबाट जाँदै गर्दा जहाजको एक अग्लो खम्बा पुलमा […]

May 18, 2025 - 05:47
 0
नौसेनाको जहाज न्युयोर्कको ब्रुकलिन ब्रिजमा ठोकियो

काठमाडौं ।

मेक्सिकोको नौसेनाको एक जहाज न्युयोर्कको पुलमा ठोक्किएको छ । मेक्सिकोको एउटा ठूलो प्रशिक्षण जहाज न्युयोर्कको ब्रुकलिन पुलमा ठोक्किएर क्षति पुगेको छ ।

उक्त जहाज एक विशेष कार्यक्रममा सहभागीहरूलाई लिएर गएको थियो। जहाज ठोक्किएको भिडियो सार्वजनिक भएको छ ।

उक्त भिडियोमा देखिएको छ- शनिबार उक्त जहाज पुलमुनिबाट जाँदै गर्दा जहाजको एक अग्लो खम्बा पुलमा ठोक्किएको छ । उक्त जहाजको खम्बा सोही जहाजमा झरेको देखिएकाे छ ।

अमेरिकी मिडियाहरूले उक्त घटनामा परी केही व्यक्तिहरू घाइते भएको बताएका छन् । मेक्सिकोको नौसेनाले पनि जहाज क्षतिग्रस्त भएको पुष्टि गर्दै घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register