विपक्षीको नाराबाजीका बीचमै सुरु भयो बजेटमाथि छलफल

काठमाडौं । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने मागबाट प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले हात झिकेपछि एक्लिएका विपक्षी रास्वपा र राप्रपाले संसद् अवरोध कायम राखेका छन् । अवरोधकै बीच आगामी आर्थिक वर्षको बजेटमाथि सैद्धान्तिक छलफल सुरु भएको छ । आइतबार बैठक सुरु हुनासाथ रास्वपा वेल घेराउ गर्न पुगेको थियो । उसले बजेटमाथि छलफल चलिरहँदा […]

Jun 15, 2025 - 09:44
 0
विपक्षीको नाराबाजीका बीचमै सुरु भयो बजेटमाथि छलफल

काठमाडौं । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने मागबाट प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले हात झिकेपछि एक्लिएका विपक्षी रास्वपा र राप्रपाले संसद् अवरोध कायम राखेका छन् । अवरोधकै बीच आगामी आर्थिक वर्षको बजेटमाथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

आइतबार बैठक सुरु हुनासाथ रास्वपा वेल घेराउ गर्न पुगेको थियो । उसले बजेटमाथि छलफल चलिरहँदा पनि नारावाजी गरिरहेको छ । राप्रपाले आफ्नो सिटबाट उभिएर विरोध जनाइरहेको छ । तर, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको कारबाही अघि बढाएका छन् ।

आकस्मिक समयमा विरोध गरेर रास्वपा र राप्रपा उठे पनि सभामुखले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न दिए । विरोध गरेको बेला बोल्न नदिएपछि रास्वपाका संसदहरू वेल घेर्दै नाराबाजी गर्न पुगेका थिए ।

घिमिरेपछि एमालेका योगेश भट्टराई र माओवादी केन्द्रका देवेन्द्र पौडेलले बोलेका थिए । त्यसपछि सभामुख घिमिरेले दिएको विशेष समयमा समेत रास्वपाले बोल्न अस्वीकार गरेको थियो । प्रमुख सचेतकलाई सन्तोष परियारलाई समय दिएका थिए । तर, परियारले बोलेनन् ।

आकस्मिक समयमा बोल्न समय पाएका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नाराबाजीको समयमा आफू नबोल्ने बताए । भने, राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले समेत विपक्ष दलले संसद् अवरोध गरेको भन्दै आफू नबोल्ने बताए ।

वेल घेराउ गरेर नाराबाजी गरिरहेका बेला अर्थमन्त्री विष्णु पौडेललाई सभामुखले बजेटमाथि छलफल प्रस्ताव अघि बढाउ समय दिएका थिए । अर्थमन्त्री पौडेल बोल्दै गर्दा नेकपा एसका संसद् राजेन्द्र पाण्डेले सदन स्थगित गरेर सहमतिपछि मात्र बैठक चलाउन माग गरे । तर, सभामुख घिमिरेले भने बैठक अघि बढाइरहेका छन् । अहिले कांग्रेस सांसद पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथिको छलफलमा आफ्नो भनाइ राखिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register