स्ववियु कार्यतालिका सार्वजनिक

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को उम्मेदवारी मनोनयन यही २७ गते हुने भएको छ । २६ गते मनोनयनपत्र वितरण गरेपछि २७ गते समानुपातिक र प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिकाअनुसार चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान हुनेछ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा […]

Feb 23, 2025 - 01:56
 0
स्ववियु कार्यतालिका सार्वजनिक

काठमाडाैं ।

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को उम्मेदवारी मनोनयन यही २७ गते हुने भएको छ । २६ गते मनोनयनपत्र वितरण गरेपछि २७ गते समानुपातिक र प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिकाअनुसार चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान हुनेछ ।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले फागुन १९ गतेदेखि चैत ५ गतेसम्मको कार्यतालिका सार्वजनिक गरेको हो । फागुन १९ गते दिउँसो ३ बजेसम्म संघ, संगठन र समूह दर्ता गर्ने अन्तिम समय तोकिएको छ । २१ गते मतदाता सूची प्रकाशित गरिने, २५ गते मतदाता सूचीउपर दाबी विरोध गर्ने, मतदाता सूचीउपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

त्रिविले प्रचारप्रसार गर्ने समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्म र त्यसपछि मौन अवधि शुरू हुनेछ । मौन अवधि शुरू भएपछि उम्मेदवारले निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न निषेध गरेको छ ।
उता, निर्वाचनको मिति नजिकिँदै जाँदा त्रिविका शिक्षाध्यक्ष एवं निर्वाचन प्रमुख रेक्टर खड्ग केसी र विश्वविद्यालय खेलकुद निर्देशनालयका निर्देशक एवं निर्वाचन समितिका सदस्य सचिव पशुपति अधिकारीको कार्यकक्षमा लागेको ताला खुलेको छैन । त्रिविले तालाबन्दी जारी राख्दा पनि निर्वाचन गराएरै छाड्ने स्पष्ट पारेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register