नेताहरूलाई गाली गरेर मात्रै देश सुधार्न सकिँदैन : मन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले व्यक्ति र राजनीतिलाई गाली गरेर मात्रै देश सुधार्न नसकिने बताएका छन् । आाइतबार गण्डकी आयुर्वेद अस्पतालमा विशेष सेवाको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले व्यक्ति र राजनीतिलाई गाली गरेर मात्रै देश सुधार्न नसकिने भन्दै सक्षम र सकारात्मक काम गर्न सक्ने मान्छे राजनीतिमा आउनुपर्ने बताए । उनले भने, ‘जनताले आफ्नो जनप्रतिनिधि […]

May 18, 2025 - 16:24
 0
नेताहरूलाई गाली गरेर मात्रै देश सुधार्न सकिँदैन : मन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले व्यक्ति र राजनीतिलाई गाली गरेर मात्रै देश सुधार्न नसकिने बताएका छन् । आाइतबार गण्डकी आयुर्वेद अस्पतालमा विशेष सेवाको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले व्यक्ति र राजनीतिलाई गाली गरेर मात्रै देश सुधार्न नसकिने भन्दै सक्षम र सकारात्मक काम गर्न सक्ने मान्छे राजनीतिमा आउनुपर्ने बताए ।

उनले भने, ‘जनताले आफ्नो जनप्रतिनिधि आफैंले छान्ने हो । र त्योबाट राज्य सञ्चालन गर्ने हो । म अहिले यहाँको मुख्यमन्त्री छु । मैलेभन्दा राम्रो गर्न सक्ने, इच्छा राख्ने हिम्मत हुनेहरूले मलाई विस्थापित गरेर आउनुहुन्छ मेरो ठाउँमा । यहाँ व्यक्ति र राजनीतिलाई गाली गरेर केवल व्यक्तिगत कुरा मात्रै गरेर केही कुरा सुधार्न सकिँदैन । सक्षम र गर्न सक्ने मान्छे राजनीतिमा आउनुपर्छ । नभएका कामहरू गरेर देखाउनुपर्ने अहिलेको आवश्यकता हो । तब मात्रै नेपाल बन्न सक्छ ।’

सबै सकारात्मक कामहरू गर्दै गयो भने मात्रै स्वास्थ्य, शिक्षा सबै क्षेत्रलाई अगाडि बढाउन सकिने उनको भनाइ छ । उनले भने, ‘नकारात्मक कुराले नेपाल बनाउन सकिँदैन । नेपाल बनाउनका लागि यसमा सबैको सकारात्मक सोचका साथ अगाडि बढ्न सक्यौं भने मात्रै हामीले गर्न सक्छौं । हाम्रै पालामा राम्रो गर्न सक्छौं । हामी सबै सकारात्मक कामहरू गर्दै गयौं भने स्वास्थ्य, शिक्षा सबै क्षेत्रलाई अगाडि बढाउन सक्छौं ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register