१६४ वर्षपछि क्रिस्टल प्यालेसले रचे इतिहास

लन्डन, (एजेन्सी) । फुटबलमा चमत्कार सम्भव छ भन्ने कुराको ज्वलन्त उदाहरण बनेको छ क्रिस्टल प्यालेस । १६४ वर्षको प्रतीक्षा अन्ततः टुंगिएको छ । त्यो पनि सामान्य शैलीमा होइन, इंग्ल्यान्डकै बलियो क्लब म्यानचेस्टर सिटीलाई स्तब्ध पार्दै एफए कप जितेर । सन् १८६१ मा स्थापना भएको क्रिस्टल प्यालेसले क्लब इतिहासमा पहिलोपटक कुनै पनि ठूलो उपाधि जित्न सफल […]

May 19, 2025 - 04:56
 0
१६४ वर्षपछि क्रिस्टल प्यालेसले रचे इतिहास

लन्डन, (एजेन्सी)

फुटबलमा चमत्कार सम्भव छ भन्ने कुराको ज्वलन्त उदाहरण बनेको छ क्रिस्टल प्यालेस । १६४ वर्षको प्रतीक्षा अन्ततः टुंगिएको छ । त्यो पनि सामान्य शैलीमा होइन, इंग्ल्यान्डकै बलियो क्लब म्यानचेस्टर सिटीलाई स्तब्ध पार्दै एफए कप जितेर । सन् १८६१ मा स्थापना भएको क्रिस्टल प्यालेसले क्लब इतिहासमा पहिलोपटक कुनै पनि ठूलो उपाधि जित्न सफल भएको हो । त्यो पनि इंग्लिस फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता एफए कप ।

शनिबार लन्डनको प्रतिष्ठित वेम्बली रंगशालामा भएको फाइनल खेलमा प्यालेसले पेप ग्वार्डिओलाको सशक्त टोली म्यानचेस्टर सिटीलाई १–० गोलअन्तर हराउँदै इतिहास रच्यो । इजेले खेलको १६औं मिनेटमा गरेको गोल नै जितको लागि निर्णायक बन्यो । वास्तवमा सिटीलाई हराउनु कुनै सजिलो काम भने थिएन । उनीहरूले खेलमा ७९ प्रतिशत बल नियन्त्रणमा राखे, २३ सट प्रहार गरे, तर गोल भने गर्न सकेन । क्रिस्टल प्यालेसका गोलकिपर उक्त खेलमा पर्खाल बनेर उभिएका थिए ।

खेलको ३६औं मिनेटमा म्यानचेस्टर सिटीले पाएको पेनाल्टी पनि गुमाएका थिए । ओमार मारमोउसको प्रहारलाई प्यालेसका गोलकिपरले अद्भुत ढंगले रोकिदिए थिए । यदि त्यो गोल भएको भए खेलको नतीजा अर्कै हुन सक्थ्यो । सिटीले खेलमा दवाब बनाए पनि गोल गर्न नसक्दा क्रिस्टल प्यालेसले ऐतिहासिक जित हात पार्यो । प्यालेसको अर्को गोल ६१औं मिनेटमा गरेको भए पनि अफसाइडको निर्णयले त्यो रद्द भयो । यस शानदार जितसँगै क्रिस्टल प्यालेस २०२५–२६ को युईएफए युरोपा लिग मा पनि स्थान सुरक्षित गर्न सफल भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register