अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको सहयोगार्थ काठमाडौंमा रागमाण्डुको प्रस्तुती   ।(फोटो फिचर सहित )

Apr 15, 2024 - 03:51
 0
अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको सहयोगार्थ काठमाडौंमा रागमाण्डुको प्रस्तुती   ।(फोटो फिचर सहित )


बैशाख ३, , काठमाडौं । अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको सहयोगार्थ हिजो  बैशाख २ गते  

काठमाडौंमा जमलस्थित राष्ट्रिय नाचघरमा भारतीय सितार बादक डा. राजेश शाहबाट सोलो सितार बादनको  प्रस्तुती भएको छ । राग चारुकेसीमा आधारित सो सितार बादनमा कलाकार डा. शाहलाई प्रतिठानका संरक्षक पं अच्युतराम भण्डारीले तबलामा संगत गर्नु भएको थियो । 
कार्यक्रममा भारतको बनारस हिन्दु विश्वविद्यालय, बाराणसीबाट आउनु हुने बरिष्ठ सितार बादक कलाकार डा. राजेश शाहलाई

 कार्यक्रमका बिशिष्ट अतिथी नेपाल भारत मैत्री समाजका अध्यक्ष प्रेम लस्करी र नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिष्ठानको तर्फबाट सम्मान गर्नु भएको थियो । 
यसैगरी सितार बादक डा.शाहले नेपालका बरिष्ठ संगीत साधकहरुलाई आफनो तर्फबाट पनि सम्मान गर्नु भएको थियो । 
यसैक्रममा आफनो भनाई राख्दै सितार बादक डा. शाहले नेपाली नयाँ वर्ष २०८१ को  शुभकामना दिंदै आफुलाई प्रस्तुती गर्न

 

सहयोग गरेकोमा अच्युतराम भण्डारी संगीत प्रतिष्ठानलाई विशेष धन्यवाद दिनु भयो । 


यसैगरी कार्यक्रमका प्रमुख अतिथी तथा ललितकला केन्द्रीय विभाग , त्रिभुवन विश्वविद्यालय, किर्तीपुरका प्रमुख प्रा.डा.ध्रुबेशचन्द्र रेग्मीले संगीत सिकि रहने बिधा भएकोले यसबाट मानिसले नयाँ नयाँ कुरा सिक्न पाउने बताउँदे प्रतिष्ठानले राज्यको आशा नगरी अनवरत शास्त्रीय संगीतको सेवा गरेकोमा प्रतिष्ठानलाई धन्यवाद दिनु भयो । 


कार्यक्रमको शुरुमा प्रतिष्ठानका ससाना विद्यार्थीहरुले सरस्वती बन्दना  प्रस्तुत गरेका थिए ।


यसैगरी सितार बादक डा. शाहले प्रतिठानका प्रशिक्षक गुरु तबला बादक पं अच्युतराम भण्डारी, सारङ्गी बादक परशुराम भयडारी, सितार बादक राम कुमार अर्याल र  अन्जु उप्रेती, बाँसुरी बादक डा. निरन्जन भण्डारी, र भायलिन बादक यतीराज अधिकारी सम्मिलित समुहसंग राग भुपाली सहित केही नेपाली धुनहरु प्रस्तुत गर्नु भएको थियो ।  


कार्यक्रमको अन्तयमा कार्यक्रमको सभा अध्यक्षको मन्तव्य राख्दै अच्युतराम भण्डारी संगीत प्रतिष्ठानकी अध्यक्ष सीता भण्डारीले गत वर्ष  अक्टोबर २०२३ मा प्रतिष्ठानका संरक्षक  पं अच्युतराम भण्डारी र शारदा भण्डारी, वरिष्ठ पत्रकार श्री किशोर सेढाई  र वरिष्ठ सितार वादिका उमा थापा, स्वदेश फाउण्डेशन नेपालकी अध्यक्ष गंगादेवी उप्रेतीको टोली भारतको बनारस गई वि एच यु मा प्रा. डा. राजेश शाह  सँगको दुई पक्षिय वार्ताबाट सुरु भएको यो कल्चरल एक्स्चेन्ज कार्यक्रमले यहाँहरुको साथ सहयोग भईरह्यो भने निरन्तर अघि बढिरहनेमा हामी विश्वस्त छौँ । 
सोहि बार्तालापको परिणामस्वरुप बनारस हिन्दु विश्वविद्यालयका पूर्व डिन  सितार बादक प्रा. डा .राजेश शाहको   आगमन र प्रस्तुतीले हामीलाई थप उर्जा प्राप्त भएको छ तसर्थ उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु । नेपाली संगीतज्ञहरु मित्र राष्ट्र भारतमा गई नेपाली संगीतको प्रस्तुती दिने र भारतका संगीतज्ञहरु नेपाल आएर प्रस्तुती दिने कार्यले नेपाल र भारतको सांगीतिक मित्रतामा अझै वृदि हुने विश्वास लिएका बताउँदै 
यसैगरि आफनो भनाई राख्दै अध्यक्ष भण्डारीले आजको कार्यक्रमको प्रायोजनमा विशेष सहयोग गर्नुहुने ललितकला केन्द्रिय विभाग कितीपुर, ललितकला क्याम्पस भोटाहिटी , अल्पाईन एकेडेमी, केब्स एकेडेमी, एरोमा म्युजिकल सेन्टर, हिमालयन हार्वल, ताते ताते नेपाल, नेपाल रुद्राक्ष डिभाईन सेन्टर, आई सी एफ सी फाईनाइन्स, समाजसेवी केशवमणी वली लाई धेरै धन्यवाद ज्ञापन गर्नु भयो ।

शास्त्रीय संगीतलाई जीवित राख्न अनवरत सक्रिय यस प्रतिष्ठानले आफनै पहलमा हरेक नेपाली महिनाको  १५ गते काठमाण्डौ महानगरपालिकाको वडा नं ८ मा रहेको गौरीघाटस्थित आफनै प्रतिष्ठानमा विगत २१  महिना देखि अनवरत रुपमा शास्त्रीय गायन, ताल बादन  र सुर बादनमा विभिन्न कलाकारहरुबाट शास्त्रीय संगीतको कार्यक्रमको आयोजना गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register