श्रीमती मार्न दिएको पैसा फिर्ता गर्न नसक्दा श्रीमानकै हत्या

धादिङ।  गजुरी गाउँ पालिका वडा नम्बर २ डुँडेठाँटीका ६० वर्षीय चुडामणि कँडेलकाे हत्या भएकाे करिब १ महिनापछि जिल्ला प्रहरी कार्यालय धादिङले तिनजना आराेपितहरु सार्वजनिक गरेको छ ।  ०८१ चैत २४ गते बेलुका तिनजनाले कँडेल आफ्नै दुई तले घरको भुईतलाको कोठा भित्र रहेको एटेच ट्वाइलेट बाथरुम भित्रको भुँईमा घाँटीमा डोरी कसिएको अवस्थामा मृत लास फेला परेको […]

May 4, 2025 - 11:36
 0
श्रीमती मार्न दिएको पैसा फिर्ता गर्न नसक्दा श्रीमानकै हत्या

धादिङ। 

गजुरी गाउँ पालिका वडा नम्बर २ डुँडेठाँटीका ६० वर्षीय चुडामणि कँडेलकाे हत्या भएकाे करिब १ महिनापछि जिल्ला प्रहरी कार्यालय धादिङले तिनजना आराेपितहरु सार्वजनिक गरेको छ । 

०८१ चैत २४ गते बेलुका तिनजनाले कँडेल आफ्नै दुई तले घरको भुईतलाको कोठा भित्र रहेको एटेच ट्वाइलेट बाथरुम भित्रको भुँईमा घाँटीमा डोरी कसिएको अवस्थामा मृत लास फेला परेको थियो । 

कँडेल हत्या आराेपमा पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ घर भएका ३६ वर्षीय अक्कलबहादुर प्रजा, २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तान रहेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए । 

प्रजालाई प्रहरीले यहीँ  वैशाख ३ गते डुँडेठाँटीबाट पक्राउ गरेको थियो भने थिङ र मुक्तान वैशाख १६ गते मनहरी गाउँपालिका–७ बाट पक्राउ गरेको थियो ।

प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालका अनुसार मृतक चूडामणि कँडेल र श्रीमती सुस्मिता सिलुरालबिच सम्बन्ध राम्रो थिएन । उनीहरूबिच सामान्य बोलचालसमेत बन्द थियो । यसैबिच कँडेलले आफ्नी श्रीमतीलाई मार्ने योजना बनाए । उनले यसका लागि अक्कलबहादुर प्रजालाई ४ लाख रुपैयाँ ‘सुपारी’ पनि दिए । प्रजाले नै पृथलाल थिङ र सञ्चलाल मुक्तानलाई यो काममा सहभागी गराएकाे पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक  शाहीले जानकारी दिए ।

उनीहरूले सुस्मितालाई मार्न पटक–पटक प्रयास पनि गरे । तर, उनीहरूको योजना कहिल्यै सफल भएन । यता, आफ्नो काम नभएपछि कँडेल थिङसँग रिसाए । काम नभएपछि कँडेलले थिङलाई छिटो काम गर्न अन्यथा रकम फिर्ता गर्न दबाब दिएको पाइएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

कँडेलले धेरै नै दबाब दिएपछि रिसाएका उनीहरूले कँडेलकै हत्या गर्ने योजना बनाए । त्यसपछि उनको घरमा पुगेर हत्या गरे । प्रहरीले उनीहरूको साथबाट मृतकको घाँटीमा कसेको डोरी र घटनामा प्रयोग भएको कोदालो बरामद गरेको छ । त्यस्तै, प्रजाको कोठाबाट कँडेलले दिएको १ लाख रुपैयाँ रकम, कँडेलले नै दिएको पैसाबाट किनेको एकै किसिमको कपडा र जुत्ता र कम्ब्याट हाफ पाइन्ट पनि प्रहरीले बरामद गरेको छ ।

अभियुक्तहरूले मृतक कँडेलको फोन पनि फुटाएर फालेका थिए । उनीहरूले भनेको स्थानबाट कँडेलले प्रयोग गर्ने रेडमी फोनको टुक्राहरू पनि फेला परेको छ । तीनै जनामाथि ज्यानसम्बन्धी कसुरमा धादिङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register