मोरङमा बाइक दुर्घटनामा आमाको मृत्यु, छोरा प्रहरी नियन्त्रणमा

काठमाडौं । मोरङको रतुवामाई नगरपालिका-६ स्थित त्रिवेणी चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । आइतबार साँझ करिब ७ बजे भएको उक्त दुर्घटनामा रतुवामाई नगरपालिका-५ की ४५ वर्षीया भवानी मेहताको मृत्यु भएकाे हाे । दुर्घटना भवानीका छोरा २३ वर्षीय रमेश मेहताले चलाएको प्रदेश १-०२०४५ प ९०६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई भएको प्रहरीले जनाएको […]

May 19, 2025 - 05:14
 0
मोरङमा बाइक दुर्घटनामा आमाको मृत्यु, छोरा प्रहरी नियन्त्रणमा

काठमाडौं ।

मोरङको रतुवामाई नगरपालिका-६ स्थित त्रिवेणी चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

आइतबार साँझ करिब ७ बजे भएको उक्त दुर्घटनामा रतुवामाई नगरपालिका-५ की ४५ वर्षीया भवानी मेहताको मृत्यु भएकाे हाे ।

दुर्घटना भवानीका छोरा २३ वर्षीय रमेश मेहताले चलाएको प्रदेश १-०२०४५ प ९०६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई भएको प्रहरीले जनाएको छ । आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको मोटरसाइकल कुकुरलाई जोगाउने प्रयासमा अनियन्त्रित भई सडकमा लडेका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी भवानी मेहतालाई तत्काल उपचारका लागि रंगेली अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुर्‍याएपछि साँझ ७ः१० बजे चिकित्सकहरूले उनलाई मृत घोषणा गरे ।

घटनापछि मोटरसाइकल चालक तथा मृतकका छोरा रमेश मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register