बाल यौन दुर्व्यवहारको आरोपमा एक युवा पक्राउ

खोटाङ।   खोटाङमा १३ बर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका २३ बर्षीय धनिराम कटुवाललाई जेठ–२८ गते प्रहरीले पक्राउ गरेको हो । उक्त नगरपालिकाको दिक्तेलबजारस्थित मानब अधिकार चौकमा सञ्चालित ९९ स्टोरका सञ्चालक कटुवाललाई सोही पसलमा सामान किन्न पसेका छात्रामाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेको छ । […]

Jun 12, 2025 - 09:45
 0
बाल यौन दुर्व्यवहारको आरोपमा एक युवा पक्राउ

खोटाङ। 

 खोटाङमा १३ बर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका २३ बर्षीय धनिराम कटुवाललाई जेठ–२८ गते प्रहरीले पक्राउ गरेको हो ।

उक्त नगरपालिकाको दिक्तेलबजारस्थित मानब अधिकार चौकमा सञ्चालित ९९ स्टोरका सञ्चालक कटुवाललाई सोही पसलमा सामान किन्न पसेका छात्रामाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेको छ । विद्यालयबाट फर्कँदै गर्दा अपराह्न करिब ५ बजेतिर यौन दुर्व्यवहार गरेको अभियोगमा कटुवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

साथीको लागि बास्केट किन्न पसल पसेको बेला पसलमा राखिएको सिसी क्यामेरा अन्यत्र मोडेर आफूमाथि यौन दुर्व्यवहार गरेको पीडित बालिकाको भनाई छ । घटना लगत्तै आएको जानकारीको आधारमा तत्कालै आरोपितलाई पक्राउ गरी अनुसन्धान थालिएको डिएसपी विष्टले जनाएका छन्  । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register