बेङ्गलोरमा भारी वर्षा, अधिकांश क्षेत्र डुबानमा (पाँच तस्वीरसहित)

काठमाडौं । भारतको बेङ्गलोरमा भारी वर्षाका कारण त्यहाँका अधिकांश क्षेत्र डुबानमा परेका छन् । यहाँ पछिल्लो १५ वर्षमा यति धेरै पानी परेको यो दोस्रो पटक भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सोमबार अपरान्हसम्म कुनै पनि मानवीय क्षति नभएको रिपोर्ट सार्वजनिक भएको छ । आइतबार रातिदेखि सुरु भएको भारी वर्षा (१० सेन्टिमिटर)ले पहिले नै जल सम्पदा […]

May 19, 2025 - 13:12
 0
बेङ्गलोरमा भारी वर्षा, अधिकांश क्षेत्र डुबानमा (पाँच तस्वीरसहित)

काठमाडौं । भारतको बेङ्गलोरमा भारी वर्षाका कारण त्यहाँका अधिकांश क्षेत्र डुबानमा परेका छन् ।

यहाँ पछिल्लो १५ वर्षमा यति धेरै पानी परेको यो दोस्रो पटक भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सोमबार अपरान्हसम्म कुनै पनि मानवीय क्षति नभएको रिपोर्ट सार्वजनिक भएको छ । आइतबार रातिदेखि सुरु भएको भारी वर्षा (१० सेन्टिमिटर)ले पहिले नै जल सम्पदा भएका क्षेत्रहरूलाई असर गरेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

बालबालिका र वृद्धवृद्धालगायत धेरै परिवारलाई अग्नि नियन्त्रण विभागका कर्मचारीहरूले डुङ्गा र ट्रयाक्टरको सहयोगमा सुरक्षित स्थानहरूमा सारेका थिए । यो राहत कार्य सोमबार दिउँसोसम्म जारी रह्यो ।

यो मनसुनपूर्वको वर्षा हो । यसले सहरका सामान्यतया सफा मानिने बस स्टप र मुख्य सडकजस्ता क्षेत्रहरूमा पनि पानी जमेको छ ।

बेङ्गलोरको मौसम विभागकी वैज्ञानिक लता श्रीधरले भनिन्, ‘गत २४ घण्टामा सहरमा १० सेन्टिमिटर (११२.५ मिमी) वर्षा भएको छ । यसअघि मे १८, २०२२ मा (११४.६ मिमी) यस्तो भारी वर्षा रेकर्ड गरिएको थियो । अहिलेसम्म सबैभन्दा बढी मनसुनपूर्वको वर्षा १५ सेन्टिमिटर भएको छ ।’

वर्षाबाट सबैभन्दा बढी प्रभावित क्षेत्र साई लेआउट हो, जुन तालको जमिनमा अवस्थित छ र यो पानी जम्ने समस्याका लागि पहिले नै परिचित छ ।

ब्रुहट बेङ्गलोर महानगरपालिका (बीबीएमपी)का नवनियुक्त आयुक्त महेश्वर रावले लेआउटको भ्रमण गरेका थिए । त्यहाँका बासिन्दाहरूले उनलाई प्रश्नहरू पनि सोधे ।

ढल निकास आउटलेटहरूमा ठोस फोहोर जम्मा भएका कारण सहरका अन्य भागमा पानी जम्ने समस्या भइरहेको कर्नाटकको सहरी विकास विभागका अतिरिक्त मुख्य सचिव तुषार गिरिनाथले बताए ।

तस्वीरहरू :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register