लन्डनका नेपाली निर्माताको फिल्म नेशनल फिल्म अवार्डस यूकेमा मनोनित

लन्डन । बेलायतस्थित नेपाली चलचित्रकर्मी विक्रम जोशीले निर्माण गरेको अङ्ग्रेजी फिल्म ‘कामा’ ११ औं नेशनल फिल्म अवार्डस यूके २०२५ का लागि मनोनित भएको छ । वेष्ट इन्डिपेन्डेन्ट फिल्म क्याटेगोरीमा ‘कामा’ मनोनित भएको हो । उक्त क्याटेगोरीमा ट्रेडिङ वाटर, डिमाइज, बिफोर निक्काह, लयला, ब्ल्याक क्याब, फोर मदर्स, अ ब्रदर्श बोण्ड, डन्ट टर्न आउट द लाइट्स, कक्सटरः […]

May 19, 2025 - 22:05
 0
लन्डनका नेपाली निर्माताको फिल्म नेशनल फिल्म अवार्डस यूकेमा मनोनित

लन्डन । बेलायतस्थित नेपाली चलचित्रकर्मी विक्रम जोशीले निर्माण गरेको अङ्ग्रेजी फिल्म ‘कामा’ ११ औं नेशनल फिल्म अवार्डस यूके २०२५ का लागि मनोनित भएको छ ।

वेष्ट इन्डिपेन्डेन्ट फिल्म क्याटेगोरीमा ‘कामा’ मनोनित भएको हो ।

उक्त क्याटेगोरीमा ट्रेडिङ वाटर, डिमाइज, बिफोर निक्काह, लयला, ब्ल्याक क्याब, फोर मदर्स, अ ब्रदर्श बोण्ड, डन्ट टर्न आउट द लाइट्स, कक्सटरः द डार्केष्ट डेज र रेपुटेसन पनि मनोनयनमा परेका छन् ।

सार्वजनिक मतद्वारा विजेता चयन गरिनेछ भने १९ मेदेखि १९ जुन २०२५ सम्म मत दिन सकिने आयोजक नेशनल फिल्म एकेडेमीले जनाएको छ ।

अवार्ड वितरण समारोह आउंदो २ जुलाईमा लन्डनस्थित पोर्चेस्टर हलमा हुंदैछ।

निर्माता जोशीले आफ्नो फिल्मलाई मत दिएर अवार्ड दिलाउन अपिल गरेका छन् ।

उक्त अवार्डस्मा वेष्ट ब्रिटिश फिल्म, वेष्ट एक्टर, एक्ट्रेस, वेष्ट डिरेक्टर, वेष्ट स्क्रीन प्ले (उत्कृष्ट पटकथा), वेष्ट इन्डिपेन्डेन्ट फिल्म (उत्कृष्ट स्वतन्त्र फिल्म), वेष्ट न्यू कमर, ब्रिटिश सिनेमामा उत्कृष्ट योगदान दिएवापत लाइफटाइम अचिभमेन्ट अवार्ड आदिमा प्रदान गरिनेछ ।

सन् २०१५ मा नेशनल फिल्म एकेडेमीद्वारा स्थापित नेशनल फिल्म अवार्डस यूके ब्रिटिश फिल्मको उत्कृष्ट वार्षिक समारोहमध्ये एक मानिन्छ ।

बेलायतको गतिशील फिल्म उद्योगका उत्कृष्ट उपलब्धिहरूलाई मान्यता दिन समर्पित यस अवार्डस् समारोहले फिल्मकर्मीहरुको विशाल नेटवर्कलाई एकसाथ ल्याउने गरेको छ ।

‘कामा’ फिल्मले मार्च दोश्रो साता बेलायतका कयौं शहरहरूमा प्रदर्शन भएर चर्चा बटुलेको थियो ।

मनमोहक मनोवैज्ञानिक थ्रिलर फिल्म कामालाई जीवन्त बनाउन निर्देशकदेखि प्राविधिक, कलाकारहरूसम्मले अथक प्रयास गरेको जोशी बताउंछन् ।

विश्वासघात र सस्पेन्समा केन्द्रित उक्त फिल्म भिमसेन लामाले निर्देशन गरेका हुन् । फिल्ममा नेपाली कलाकार टंक धमलाको ‘मेन रोल’ छ । यसमा म्याथ्यू वेकफोर्ड, जेमिमा टोम्स, पूजा गुप्ता, मिया बेनेट, समिर गुरुङ लगायतको अभिनय छ ।

जोशीले निर्माण गरेको यो सातौँ फिल्म हो । उनले यसअघि हेल्लो जिन्दगी, हयाप्पी डेज लगायत ६ वटा नेपाली फिल्म निर्माण गरिसकेका छन् ।

चार्टर्ड अकाउन्टेन्ट समेत रहेका जोशी पछिल्ला केही वर्षदेखि फिल्म निर्माण र अभिनयमा सक्रिय छन् । उनी अभिनित केही फिल्मले अन्तर्राष्ट्रिय अवार्ड समेत प्राप्त गरिसकेका छन् ।

मत दिन यो लिंक क्लिक गर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register