राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त हुने पक्का

काठमाडौँ । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने पक्का भएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर बनाउने सहमति भएको हो । लामो समयदेखिको रस्साकस्सीपछि दुबै नेताबीच सहमति जुटेको हो । सहमतिसँगै उनलाई आजै गभर्नर नियुक्त गर्ने तयारी रहेको बुझिएको छ । राष्ट्रिय […]

May 20, 2025 - 11:03
 0
राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त हुने पक्का

काठमाडौँ । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने पक्का भएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर बनाउने सहमति भएको हो ।

लामो समयदेखिको रस्साकस्सीपछि दुबै नेताबीच सहमति जुटेको हो । सहमतिसँगै उनलाई आजै गभर्नर नियुक्त गर्ने तयारी रहेको बुझिएको छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका प्रा.डा.  पौडेल गभर्नर सिफारिस समितिका सदस्य थिए । तर, नेपाली कांग्रेसले उनलाई गभर्नरको उम्मेदवारका रूपमा अघि सारेपछि उनले समितिबाट राजीनामा दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register